अमेरिका र चीनका अधिकारीले व्यापार युद्दलाई लिएर बेइजिङमा वार्ता शुरु

२४ पुष २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
45 Shares


काठमाडौ \ अमेरिका र चीनका अधिकारीले व्यापार युद्दलाई लिएर बेइजिङमा वार्ता शुरु गरेका छन् । पछिल्लो एक बर्षदेखि दुबै मुलुकबीच चुलिएको व्यापार सम्बन्धी विवाद साम्य गर्ने उद्देश्यले दुबै मुलुकका अधिकारीबीच वार्ता शुरु भएको बीबीसीले जनाएको छ । एक वर्ष अघि दुबै मुलुकले एक अर्काको सामानमा अर्बौ रुपैयाँ बराबरको कर वृद्दि गरेका थिए । भोलिसम्म चल्ने वार्तामा बढेको कर आगामी ९० दिनसम्मका लागि फिर्ता गर्ने सहमति हुने संकेत देखिएको छ । दुई मुलुकबीचको व्यापार युद्दका कारण वैश्विक अर्थतन्त्रमा परेको असरका विषयमा पनि छलफल हुने बताइएको छ । वार्तामा अमेरिकाका तर्फबाट अमेरिकी उप व्यापार प्रतिनिधि जेफरी गिरिसले नेतृत्व गर्नु भएको छ । वार्तामा आपसी विश्वास र समानताको आधारमा दुई पक्षीय व्यापार युद्दलाई हल गर्ने प्रयास भइरहेको चीनीया विदेश मन्त्रालयका प्रवक्तालाई उद्यृत गर्दै बीबीसीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • डेढ वर्षअघि भएको सामूहिक बलात्कार गर्ने अभियुक्तलाई ५ वर्ष कैद
  • सैनामैना उद्योग वाणिज्य संघको साधारण सभामा पत्रकार सम्मानित
  • लुम्बिनी निर्माण व्यवसायी संघद्वारा आन्दोलनको चेतावनी,प्रधानमन्त्रीलाई ज्ञापनपत्र
  • लुम्बिनी पर्यटन प्रबर्दन औद्योगिक व्यापार तथा कृषि महोत्सवको तयारि तिब्र:…
  • रोट्याक्ट क्लबले साताव्यापी कार्यक्रम गर्ने
  • होटल व्यवसायीको महाधिवेशन सुर्खेतमा हुने
  • राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट
  • विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा आफूलाई सानो नठानौं :…
  • ‘फेवातालमा खुम्चिएको पर्यटन अब गाउँ गाउँमा’
  • रुपन्देहीका १६ स्थानीय तहमा मधुमेहको निःशुल्क परीक्षण गरिने