ॐ पाथिभारा माताको दर्शन गरी हेर्नुहोस् आजको राशिफल /२०७५ पौष २४ गते, मंगलबार !

प्रकाशित मिति:

मेष राशिः आर्थिक लाभ हुनेछ, कार्य प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।

वृष राशिः कार्य गर्ने उत्साह जाग्नेछ, व्यवसायमा वृद्धिका साथै अध्ययनमा रुचि बढ्ने देखिन्छ ।

मिथुन राशिः कार्यमा अवरोध रहनेछ, आर्थिक अस्थिरताका साथै मनमा द्विविधा उत्पन्न हुनसक्ने देखिन्छ ।

कर्कट राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै साहित्यिक क्षेत्रमा मन जानेछ ।

सिंह राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

कन्या राशिः आर्थिक उन्नति हुनेछ, धन प्राप्तिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

तुला राशिः दिन खर्चिलो रहनेछ, शत्रु पक्ष सबल रहनुका साथै कार्यमा पनि अस्थिरता रहने देखिन्छ ।

वृश्चिक राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, काम बन्नुका साथै मनमा प्रशन्नता छाउनेछ ।

धनु राशिः कार्य लाभ हुनेछ, पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

मकर राशिः अध्ययनमा रुचि जाग्नेछ, मित्र लाभका साथै कार्यमा सफलता मिल्ने देखिन्छ ।

कुम्भ राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, खर्च बढ्नुका साथै कार्यमा पनि अवरोध रहनसक्ने देखिन्छ ।

मीन राशिः आर्थिक उन्नतिका योग देखिन्छन्, व्यवसायमा वृद्धिका साथै मित्र सुख मिल्ने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५