त्रिबेणी मेला ब्यवस्थापनको तयारी बैठक नवलपरासीको त्रिबेणीमा सम्पन्न

प्रकाशित मिति:

पौष २४ / सबलपोस्ट

माघि औशीमा लाग्ने त्रिबेणी मेला ब्यवस्थापनको तयारी बैठक नवलपरासीको त्रिबेणीमा सम्पन्न भएको छ । बर्दघाट सुस्ता पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपक नेपालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । तयारी बैठकले विनयी त्रिबेणी गाउपालिका अध्यक्ष डम्मर बहादुर जिसिको अध्यक्षतामा २६ सदस्यिय त्रिबेणी मेला ब्यवस्थापन मुल समिति पनि गठन गरेको छ ।

त्यस्तै बैठकले उपाध्यक्ष मिना रानाको समयोजकत्वमा ५ सदस्यिय अनुगमन समिति पनि गठन गरेको वडा सचिव बेल प्रसाद भण्डारीले जानाकरी दिनुभयो । त्रिबेणी मेलालाई ब्यवस्थित रुपमा सञ्चालन गर्न एक दर्जन उपसमिति र ५० को संख्यामा स्वयं सेवक राख्ने पनि वडा नम्बर ६ का वडाध्यक्ष प्रितम बहादुर गुरुंगले जानकारी दिनुभएको छ । सो अवसरमा तयारी बैठकलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी नेपालले नेपालको प्रमुख धार्मिक धरोहर मध्य एक मानिने त्रिबेणी मेलालाई भब्य र सभ्य रुपमा संचालन गर्न सबै पक्षको सक्रिय सहयोग हुनुपर्ने विचार ब्यक्त गर्नुभयो ।

बैठकमा सुस्ता गाउपालिका अध्यक्ष राम प्रसाद पाण्डे, प्रहरी उपरिक्षक रमेश थापा, शसस्त्र प्रहरी बलका नायव उपरिक्षक क्षितिज क्षेत्री, विनयी त्रिबेणी वडा नम्बर ६ र ७ का जननिर्वाचित प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, त्रिबेणी स्थित कार्यालय प्रमुखहरु तथा स्थानिय सञ्चारकर्मीहरुको पनि उपस्थिती रहेको थियो ।