ॐ आज मंगलबार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७५ पौष २४ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल पौष महिनाको २४ गते मंगलबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत पौष शुक्लपक्षको द्वितीया तिथि विहान १०। १ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । श्रवण नक्षत्र राति १०।१६ बजेसम्म रहनेछ । आज वज्र योग र तैतिल करण रहेको छ । यसैगरी आज सूर्योदय ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।२३ बजे हुनेछ ।

चन्द्रमा आज मकर राशिमा छन् । आज मंगलबार गणेशजीको उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५