बुटवलकी प्रविष्टी चन्द अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुने

प्रकाशित मिति:

हरिश ढकाल
बुटवल ८ सुख्खानगरकी ६ बर्षिया बालीका प्रविष्टी चन्द ठकुरीले थाईल्याण्डको फुकेटमा हुने बालबालीकाको प्रतिभा प्रदर्शन गर्ने अन्तराष्ट्रिय स्तरको प्रतियोगिता मिनि मिस ईन्टरनेशनलमा सहभागि हुने अवसर प्राप्त गरेकी छन । बुटवल स्थित साधना साँस्कृतिक कला केन्द्रकी प्रशिक्षार्थी प्रविष्टीले काठमाडौंमा भएको मिनि मिस नेपाल नामक राष्ट्रिय स्तरको प्रतिभा छनौट चरणमा उत्कृष्ठ भै उक्त अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गरेकी हुन । यो उपत्यका बाहिरको लागि पहिलो अवसर भएको प्रविष्टीका अभिभावकले बताएका छन ।
बुटवल ८ स्थित अक्सफोर्ड माविमा कक्षा दुईमा अध्ययन गर्ने ६ बर्षिया बालिकाको बिलक्षण प्रतिभाका धनी, अदम्य शाहस, तिक्ष्ण बुद्धि र आकर्षक प्रस्तुतीका कारण नेशनल आयोजकले अन्तराष्ट्रिय प्रतियोगिताका लागि छनौट गरेको साधना साँस्कृतिक कला केन्द्रका संचालक अनु रजकले बताए । यति सानो बच्चीले त्यति ठुलो प्रतियोगितामा सहभागिता जनाउन पाउनु निकै महत्वपुर्ण कुरा भएकोमा जोड दिँदै उक्त प्रतियोगितामा सहभागिता जनाउदा मात्रै ३ लाख ९ हजार खर्च हुने संचालक रजकले बताए । अभिभावक सहित जानुपर्ने भएकाले खर्च बढि लागेको र यसको तिनभागमा १ भाग अभिभावकले र २ भाग साधना साँस्कृतिक कला केन्द्रले ब्यहोर्ने सहमती भएको पनि उनले बताए ।
अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि हुन पाउँदा निकै हर्षबिभोर भएको प्रतिकृया दिँदै नेपाली लिटिल स्टार प्रविष्टीले आफु सानो भएपनि प्रतियोगिता जितेर आफ्नो देशको नाम ठुलो अक्षरले लेख्ने बनाउने बताईन । आफुले पाएको यो अवसर बुटवलबासीकै लागि गर्वको कुरा भएको उल्लेख गर्दै उनले यसबाट अन्य बालबालीकाहरुलाई प्रेरणा र हौसला मिल्ने कुराको आफुले अपेक्षा गरेको आसय समेत ब्यक्त गरेकी छन । हाल बुटवल ८ सुखानगर बस्ने तथा दाङ्ग स्थायी घर भएका दम्पत्ती बिनोद चन्द ठकुरी र प्रतिज्ञा भट्टराई चन्दकी छोरी प्रविष्ठीले यसअघि बुटवलमा साधना साँस्कृतिक कला केन्द्रद्वारा आयोजना गरिएको १२ बर्षमुनिका बालबालीका सहभागि भएको किड्स डान्सिङ्ग आईकन प्रतियोगिता २०७४ को उपाधी जितेकी थिईन् ।