धन कमाउने समय कुन हो ? हेर्नुहोस् आजको नीति वचन ! अनी सेयर गर्नुहोस् !!

प्रकाशित मिति:

प्रथमेनार्जिता विद्या द्वितीयेनार्जितं धनम् ।
तृतीयेनार्जितः कीर्तिः चतुर्थे किं करिष्यति ।। –उपनिषद्
ब्रह्मचर्या आश्रममा विद्या आर्जन, दोस्रो गृहस्थ आश्रममा धन आर्जन, तेस्रो अर्थात् वानप्रस्थ आश्रममा कीर्ति आर्जन गर्न सकिएन भने चौथो सन्यास आश्रममा के गर्न सकिन्छ र ?
उपनिषद्ले मानव जीवनको समयलाई चार भागमा विभाजन गरेका छन् । पहिलो अर्थात् २५ वर्ष सम्मको समय ब्रह्मचर्याको हो । यस समयमा विद्या आर्जन गर्न सक्नु पर्दछ । २५ देखि ५० वर्षको समयलाई गृहस्थाश्रम मानिएको छ । यो समय गृहस्थको हो । यसवेला सन्तति वृद्धिका साथै प्रशस्त धन कमाउनु भनिएको छ । यसपछिको २५ वर्ष अर्थात् ७५ वर्ष सम्मको समय वानप्रस्थको हो । यस समयमा धर्म आर्जन गर्ने हो । यस पछिको समयलाई सन्यस्त भनिएको छ । उक्त समयमा केही गर्न सकिदैन केवल भगवान्को नाम जपेर शरण पर्ने मात्र हो । त्यसैले २५ वर्षसम्म विद्या अर्जन गर्ने र २५देखि ५० वर्ष सम्मको समय धन कमाउने भएकाले यस समयमा पनि अर्थ आर्जन गर्न नसक्नेले जीवनमा केही गर्न सक्दैनन् भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–