लेखा समितिले झिकायो फाइल, १५ दिनमै गाडीमा समस्या आउन थाल्यो !

प्रकाशित मिति:

बिक्रम खड्का/पुष २४ बुटवल ।  सार्वजनिक लेखा समितिले प्रदेश ५ प्रदेशसभा सचिवालयले केही दिनअघि खरिद गरेका एक दर्जन बढी सवारी साधनमा लाखौंको अनियमितता भएको भन्ने विषयमा छानविन गर्ने भएको छ। समितिको सोमबार बसेको वैठकले यो विषयललाई सार्वजनिक महत्वको विषयका रुपमा ग्रहण गरि तत्काल मन्त्रालय तथा प्रदेश सभा सचिवालयलाई गाडी खरिदको फाइल पेस गर्न निर्देशन दिने निर्णय गरिएको छ।

समितिका सभापती डिल्ली प्रसाद चौधरीको अध्यक्षतामा बसेको वैठकले पुस २८ गर्ते बस्ने वैठकमा यस विषयमा गंभिर छलफल गर्ने र आवश्यक परे उप समिति गठन गर्ने निर्णय पनि गरेको छ । प्रदेश सरकार अन्तरगतका पाँच मन्त्रालय तथा प्रदेश सभा सचिवालयले झ्ण्डै दुई दर्जन गाडी खरिद गरेका छन् । त्यसैगरि कतिपय मन्त्रालयले गाडी खरिदको प्रक्रिया अघि बढाएका छन् । प्रदेश सभा सचिवालयले भदौ ५ गते गाडी खरिदका लागि टेण्डर आहवान गरेको थियो । सचिवालयले १३ वटा गाडी खरिद गरेको छ । सांसदहरुलाई राजधानी र नामका विषयमा राय सुझाव संकलनका लागि जिल्ला जानु पर्ने भएकाले भन्दै हतारमा गाडी किनिएको संसद सचिवालयका कर्मचारीहरुले बताएका छन्। प्रदेश सचिवालयले टाटा कम्पनीका गाडी सिप्रद्धिअन्तरगतको बुटवलको सफल अटो इन्टरनेशनलबाट खरिद गरेको थियो। सफल अटो इन्टरनेशनल नामक गाडीको कारोवार गर्ने कम्पनीमा सत्ताधारी दल नेकपाका मुख्य सचेतक भूमिश्वर ढकालको लगानी रहेको छ ।

त्यसो त ति गाडी उनै ढकालकै सक्रियतामा खरिद गरिएको हो । टाटाको टाटा ट्रोम गाडीको मुल्य छुटसहित कम्पनीले ६८ लाख ५५ हजार मूल्यमा उपलब्ध गराउँदै आएको छ। तर सचिवालयका लागि भने प्रति गाडीको मुल्य ७१ लाख ९४ हजार ९ सय ९९ परेको छ। त्यसमध्ये ५५ हजार बराबरको एक वर्षको बीमा सुविधासमेत सचिवालयललाई अतिरिक्त लागेको छ। त्यसकारण एउटा गाडीको ३ लाख ३९ हजार ९ सय ९९ बढी रकम सचिवालयले तिर्नु पर्ने भएको छ ।

पन्ध्र दिनमै गाडीमा समस्या आउन थाल्यो

बजार मुल्यभन्दा बढी मुल्यमा खरिद गरिएका गाडीको गुणस्तरमा पनि प्रश्न उठ्न थालेको छ। किनकी प्रयोगमा आएको पन्ध्र दिन नपुग्दै गाडी मर्मत गर्नु पर्ने भएको छ। सोमबारमात्र लेखा समितिका सभापति डिल्लीप्रसाद चौधरीको लु १ झ ४४१ नम्बरको गाडी टाटाकै ग्यारेजमा मर्मतका लागि लगिएको थियो। गाडीको सकर मर्मतका लागि ग्यारेजमा लगिएको सभापति चौधरीले बताए।