नेविसंघ विघठन संघारमा

प्रकाशित मिति:

पौष २४ / सबलपोस्ट
नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अनिश्चित भए पछि विघठनको संघाचरमा पुगेको छ । गत भदौमा म्याद सकिएको नेविसंघ केन्द्रीय समितिको महाधिवेशन गर्नको लागि भनि नेपाली काँग्रेसले पटक पटक म्याद थप्दै आएको थियो । विधानलाई लत्याउदै पटक पटक म्याद थप गर्दा समेत १४ जिल्लाको भन्दा बढि अधिवेशन गर्न नसके पछि नेविसंघ केन्द्रीय समिति स्वतः विघठनको संघारमा पुगेको छ । महाधिवेशनको लागि लामो समय देउवा पक्ष र पौडेल पक्षको जुहारी नै चलेको थियो । विना तयारी र विधान विपरित नेविसंघको म्याद थप्दै जानु विधान विपरित मात्र नभई लोकतान्त्रिक प्रक्रियाकै माथिको प्रहारको रुपमा पौडेल पक्षले ठहर गरेको छ ।

यसरी विधान विपरित नेविसंघको म्याद थप्दै जाने हो भने भोलि नेपाली काँग्रेस केन्द्रीय समितिको म्याद नथपिएला भन्न सकिन्न संस्थापन इतर पक्षका विद्यार्थी नेता मोति भण्डारीले वताए । काँगे्रस महासमितिबाट सभापति देउवा र वरिष्ठ नेता पौडेल डिप लभको मेलमिलाप देखिए पनि नेविसंघको सन्दर्भले फेरी शिर्ष तहमा झगडा निम्तिने निश्चि छ । सभापति देउवाले बहुमतबाट केन्द्रीय समितिमा ३२ वर्ष तोके पछि झगडा झाङ्गिदै गएको थियो । वरिष्ठ नेता पौडेल,नेताहरु कृष्ण प्रसाद सिटौला, अर्जुनरसिंह केसी, प्रकाशमान सिंहले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका थिए । पछिल्लो समय देउवाले भ्रातृ संगठनमा आफ्नो पकड गुमाउदै गए पछि सबै भन्दा शक्तिसाली भ्रातृ. संगठन नेविसंघको महाधिवेशन नगर्ने निश्कर्षमा पुगेको वताईन्छ ।

पटक पटक वर्तमान नेविसंघ केन्द्रीय समितिको म्याद थप गर्ने र अनुकुल समय केन्द्रीय समिति भङ्ग गरि तदर्थ समिति गठन गर्ने तयारी रहेको देउवा निकट मानिने विद्यार्थी नेता सरोज थापाले वताए । अध्यक्ष नैनसिंह महरले महाधिवेशन गर्ने र स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन नसक्ने जिकिर गर्दै नेविसंघमा पार्टीले समयमै विकल्प खोज्नु पर्ने दावी गर्दछन् । अध्यक्ष नैनसिंह मरका कारण नेविसंघ लथालिङ्ग भएको, सदस्यता वितरण देखि कुनै गतिविधि गर्न नसकेको, स्ववियु निर्वाचनमा संगठनलाई जिताउन नसक्ने, देशमा जघन्य अपराधका घटना हुदा पनि आन्दोलन गर्न नसकेको, कुनै पनि क्याम्पसमा संगठन निर्माण नगरेको, सैक्षिक कालोबजारी देखि विद्यार्थीहरुको मुद्दामा चुकेको कारण नैनसिंह महरको विकल्प खोज्न नेताहरु सहमत भएका हुन् ।

अध्यक्षको दौडमा को को छन्त ?
देउवा पक्षबाटः राजिव ढुङ्गाना, सरोज थापा, ऋषिकेशजङ्ग शाह, शुभराम बस्नेत
पौडेल पक्षबाट:  मनोजमणि आचार्य, मोति भण्डारी, दिपक भट्टराई, हिमालदत्त श्रेष्ठ
सिटौला पक्षबाट  :बलदेव तिमिल्सिना, युवराज पाण्डेय, कुन्दनराज काफ्ले