व्यावसायिक, निष्पक्ष र सामाजिकउत्तरदायित्व सहितको यात्रा (प्रकाशकीय)

सबल पोष्ट डट कम आज देखी दोस्रो बर्षमा प्रवेश

प्रकाशित मिति:

सबल पोष्ट डट कम आज देखी दोस्रो बर्षमा प्रवेश गरेको छ । मोफसलमा रहेर संचार क्षेत्रमा संघर्षरत सबल नेपाल मिडिया प्रा.लीबाट संचालित यो डिजिटल पत्रिकालाई हामीले समयको माग र आवश्यकताले जन्माएको अभियानको रुपमा लिएर होमिएका हौं । किनकी सातबर्ष अगाडि देखी निरन्तर प्रकाशनमा रहेको सबल नेपाल साप्ताहिक र त्यस बिचमा हामीले अन्य अनलाइन पत्रिका संचालनमा ल्याएर बोकेका अनुभवले सबल पोष्ट डट कम हाम्रो परिपक्कताको उपज हो । सबल नेपाल डट कम आज जे छ त्यही नै अन्तिम हो भन्ने मान्यता पक्कै हैन । तर अनलाइन पत्रिकाको न्युनतम मापदण्ड पुरा गर्दै कम्तीमा संचार क्षेत्रलाई कुनै क्षेत्रको स्थानीयता, भुगोल भित्रको मात्र संझने परिपाटीलाई चिर्ने बिशिष्ट सोंच हाम्रो टिमको हो ।

यो अनलाइन सबै तिर अनलाइन न्युज पोर्टल संचालनमा आउँदा त्यही बाढीसँगै आएको हो तथापी अन्य धेरै जस्तै आफुलाई परिक्षणको रुपमा अगाडि ल्याएको हैन भन्ने कुरामा हामी स्पष्ट छौं । एउटा संचार संस्था र संचारकर्मीले निभाउनुपर्ने दायित्वको रुपमाहामी सधै सचेत छौं । धेरै सामाजिक मुद्धा, खबरदारी र सकारात्मक प्रयासहरुलाई प्रिय पाठक माझ ल्याउनका लागि ल्याई जिम्मेवार संचार संस्था बन्ने स्वार्थ हामीसँग छ । हामीले उठान गर्ने बिषय बस्तुहरु अनलाईन न्युजपोर्टलको प्रकृतिको हिसाबले पनि बृहत बनेको छ । समेट्नुपर्ने बिषयबस्तु र सिमा जति फराकिलो बन्छ ,त्यसलाई व्यवस्थापनका लागि पनि उत्तिकै सचेतता आवश्यकता पर्ने कुरा हामीले बुझेका छौं । मुलुकको परिवर्तनलाई संस्थागत गर्ने कार्यमा आमनागरिकहरु सँग जोडिन र उनीहरुलाई सुसूचित गराउनको लागि सरकारको सहयोगी अंग त कतै खबरदारीकै भुमिकामा रहनुपर्ने हुन्छ जुन हाम्रो पनिदायित्व हो । अब हाम्रो मुख्य जिम्मेवारी त्यसमै छ ।सबै क्षेत्रहरुमा हाम्रो उपस्थिति र सबैका माझ बिस्वसनिय संचार माध्यम बन्न को लागि हाम्रो प्रयासमा सदा जस्तै आगामी दिनमा पनि साथ सहयोगको लागि अपेक्षा गर्दछौं । सबल पोष्ट डट कम लाई आवश्यक सहयोग पुराउने पाठक,बिज्ञापनदाता, सहयोगी, सुभेच्छुक , संचारकर्मीहरु आभार प्रकट गर्दछौं ।