सरकारले न्याय नदिएपछि युएनको शरणमा गंगामाया

प्रकाशित मिति:

छोराका हत्यारालाई नेपाल सरकारले कुनै कार्वाही नगरेपछि न्यायका लागि सत्याग्रही गंगामाया अधिकारीले संयुक्त राष्ट्रसंघ युएनको शरण पर्ने भएकी छिन् । वर्षौंदेखि छोराको हत्यारा कार्वाहीका लागि अनसन बसे पनि उनले न्याय पाउन सकेकी छैनिन् । केही समयअघि सरकारले हत्यारालाई जसरी पनि कार्वाही गर्ने भन्दै सरकारले अनसन तोडाएको थियो । गंगामायाका पति नन्दप्रसादको चार वर्ष अगाडि नै अनसन बसेकै समयमा मृत्यु भएको थियो ।नन्दप्रसादको शव अहिले पनि त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जमा छ । सशस्त्र द्धन्द्धका क्रममा माओवादीले सुराकी गरेको आरोपमा उनका छोरा कृष्णप्रसादको हत्या गरेको थियो ।गंगामायाले नेपालबाट न्याय नपाउने भएपछि छोराको हत्या प्रकरणलाई अन्तर्राष्ट्रियकरण गर्न लागेकी हुन् ।गंगामायाले बुधबार दिउँसो ३ बजे नेपालस्थित युएन आवासीय संयोजक भेलेरी जुलियान्डलाई भेटेर न्यायका लागि अपिल गर्ने कार्यक्रम छ ।