पत्रकार माथिको हातपातमा महासंघको ध्यानाकर्षण

प्रकाशित मिति:

निबार दिउँसो तरुणदलको प्रर्दशनको रिपोटिङ्गका लागि पगेका स्वतन्त्र पत्रकारहरु माथि भएको आक्रमणको पत्रकार महासंघले भ्रसना गर्दै ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिब रमेश बिष्ट हस्ताक्षरीत बिज्ञप्तीमा स्वतन्त्र पुर्वक समाचार संकलनमा गएका पाँच जना पत्रकारहरु माथि अन्धाधुन्ध आक्रमण गरि धाइते बनाइएको प्रति ध्यानाकर्षण भएको जनाइएको छ । बिज्ञप्तीमा भनिएको छ ‘स्वतन्त्र पुर्वक संवैधानिक जिम्मेवारी बहन गरिरहेका पत्रकार माथि प्रहरीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको ठाडो हस्ताक्षेप हो । यो घटनाले सरकार प्रेस प्रति कति उदार छ भन्ने थप प्रस्टाएको छ ‘। प्रेसलाई निर्वाध रुपमा समचार संकलनको बातावरण बनाउन र यस्ता घटना नहोर्याउन महासंघ सरकारको गंभिर ध्यानाकर्षण गराउँछ भनिएको छ । प्रहरीको आर्कमणबाट प्रर्दशनको रिपोर्टिङ्गका लागि पुगेका हाम्रा कुरा डटकमका प्रधान सम्पादक तथा प्रेस युनियनका महासचिब अजयबाबु सिवाकोटी, राजधानी दैनिकका महेश्वर गौतम, न्युज २४ का निवेश कुमार, द हिमालय टाइम्सका स्कन्द गौतम र प्रबिन महर्जन घाइते भएका थिए ।