चर्चामा ईश्वरको नयां गित कति राम्री

प्रकाशित मिति:

सन्जु पौडेल । बुटवल ,अस्ट्रेलियामा बसेरै पनि नेपाली संगितलाई अघि बढाउन लागिरहेका गायक ईश्वर पोखरेलले नयां गित ल्याएका छन् । कति राम्री बोलको उक्त गितले बजारमा राम्रै चर्चा पाएको छ । लगभग २ दर्जन भन्दा बढ़ी गीत गाईसकेका उनको दुई सोलो एल्बम “शीतल र अराइज हुन। दुई बर्ष अघि सामुयिक गीती एल्बम उड़ान पनि सार्वजनिक भएको थियो। रातो रिबनबाटै चर्चा पाएर अघि बढेका उनको कति बज्यो भनेर बोलको गितले पनि श्रोता, दर्शकमा उनको आवाजको चर्चा राम्रै गरायो ।

अन्तराष्ट्रीय नेपाली कलाकार समाज अस्ट्रेलियामा केहि समय काम गरेका पोखरेल हाल उक्त समाजको सल्लाहकार हुन् । हाल बजारमा रहेको उनको गितमा एक नारायण भण्डारिको शब्द, आशीष अबिरल को संगीत रहेको छ। उक्त गीतमा रविन भुजेल र सारा स्रिपाली को अभिनय रहेको छ भने नेपाली ठिटोस समूहले साथ दिएका छन। सुनिल क्षेत्रीको निर्देशन रहेको उक्त गीतमा नेपालको प्राकृतिक सौन्दर्य सँग प्रेमिकाको तुलना गर्ने कोशीश गरिएको छ। उनको नयां गित टिकटकमा पनि चर्चित बनेको छ ।