आगलागीले ३ बालबालिकाको मृत्यु

प्रकाशित मिति:

बागलुङ जिल्लाको सदरमुकाम देखि पश्चिम पर्ने ताराखोला गाउँपालिका स्थित नारा गाउँमा आगलागी भएको छ । आगलागीमा परि ३ जना बालबालिकाको मृत्युु भएको छ । स्थानीय यामबहादुर खत्री को दुई तले कच्ची गोठमा आगो लाग्दा आगो तापी रहेका रूद्रबहादुर रोकाका ६ बर्षिय छोरा रतिश रोका डिल, बहादुर घर्ती क ६ बर्षिय छोरी ऋतु रोका र ४ बर्षिय छोरा आयुष रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

आगो इलाका प्रहरी कार्यालय ताराखोला बाट गएको प्रहरी टोलिले नियन्त्रणमा लिएको छ ।