भुजौलीमा लागुपदार्थ सम्बन्धि चेतनामूलक कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. २ स्थित भुजौलीमा लागुपदार्थ सम्बन्धि चेतनामूलक ¥याली तथा होर्डिङ बोेर्ड स्थापना कार्यक्रम शनिबार सम्पन्न भएको छ । जनता स्काई क्लब शुद्धोधन–२, रुपन्देहीको आयोजना, नमुना एकीकृत विकास परिषद, रुपन्देहीको समन्वय तथा वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।भुजौलीका युवायुवती तथा गाउँवासीलाई लागुपदार्थको प्रयोगले समाजमा नै नकारात्मक असर  पुर्याउंछ र यसको प्रयोग गर्नुहुँदैन भन्ने सन्देश फैलाउने  उद्धेश्यले ¥यालीको आयोजना गरिएको जनता स्काई क्लबका अध्यक्ष पुनम थारुले बताइन । शुद्धोधन गाउँपालिका वडा नं. २ समितिको कार्यालयबाट सुरु भएको ¥याली गाउँका विभिन्न क्षेत्रको परिक्रम गरी पुनः वडा समितिको कार्यालयमा पुगेर समापन भएको थियो । ¥यालीमा जनता स्काई क्लबका सदस्य, भुजौली इङलिस स्कूल, भुजौलीका विद्यार्थी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।¥यालीमा सहभागिहरुले लागुपदार्थ छोडौं, उज्जवल भविष्य तिर लागौं, लागुपदार्थको अवस्था एक किसिमको रोग हो, यसको उपचार सम्भव छ, स्वास्थ्य नै धन हो, लागुपदार्थको प्रयोगले अमुल्य जीवन खेर नफालौंं लगायतका जनचेतनामूलक सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए ।¥याली पश्चात आयोजित कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष विष्णु प्रसाद बस्यालले लागुपदार्थ दुव्र्यसनी विरुद्धको अभियानलाई निरन्तरता दिनुपर्ने बताए ।नमुना एकीकृत विकास परिषद, रुपन्देहीका अध्यक्ष ज्ञानु पौड्यालले लागुऔषध दुव्र्यसनी तथा ओसारपसारमा लागेर कारवाहीमा पर्नुको सट्टा दुव्र्यसनी तथा कारोबारमा लाग्ने परिस्थिति नआओस भन्ने तर्फ लाग्नुपर्ने बताइन ।त्यस्तै इलाका प्रहरी कार्यालय रन्यौरा, मुर्गियाका प्रहरी निरीक्षक केशव बहादुर बस्नेतले दुव्र्यसनीमा फसेका युवायुवतीहरुले आफुलाई बर्बाद गर्नुका साथै समाजमा समेत नकारात्मक असर पु¥याउने भएकोले यसतर्फ सबै सजग हुनुपर्ने बताए ।भुजौली इङलिस स्कूलका सहायक प्रधानाध्यापक विक्रम यादवले जनता स्काई क्लबले चलाएको अभियान प्रशंसनीय रहेको र यस्ता अभियानमा विद्यालयले पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । शिव ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।सो अवसरमा वडा नं. २ वडा समितिको कार्यालय अगाडी लागुपदार्थकोे प्रयोग गर्नुहुँदैन भन्ने विभिन्न जनचेतनामुलक सन्देश लेखिएको होर्डिङ बोर्डको पनि उद्घाटन गरिएको थियो ।