कालिकोट सँवाददाता,
क्रान्तिकारी पत्रकार सँगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जनपक्षीय पत्रकारकारीता माथि दिन प्रतिदिन राज्य पक्षबाट हस्तक्षेप बढ्दै गएको टिप्पणी गरेका छन ।क्रान्तिकारी पत्रकार सँगठन नेपाल भेरी कर्णाली क्षेत्रीय समन्वय समितिले कालिकोटको रास्कोटमा आयोजना गरेको जनसञ्चार अभियान एवम् जनपक्षीय पत्रकारिता तालिमको उदघाटन गर्दै अध्यक्ष डुम्रेले राज्य पक्षले विभिन्न बहानामा जनपत्रकारहरुलाई हस्तक्षेप गर्दै मिडियाको घाटी निचोरेको बताए । जनताका पक्षमा बोल्दै प्रगतिशील आन्दोलन लाई सैद्धान्तिक हिसाबले सहयोग गर्दा राज्य एकपछि अर्को मुद्दामा दुख दिएको भन्दै आन्दोलन गर्न आम पत्रकारलाई अनुरोध समेत गरेका छन ।उदघाटन कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज समर,जिल्ला सेक्रेटरी रणदिप,सँगठनका महासचिव हिम बिष्ट लगाएतले बोल्दै जनताको पक्षमा समाचार लेख्नु पर्ने धारणा व्यक्त गरेका छन ।
३ महिने जनसञ्चार अभियान उदघाटनको क्रममा कालिकोटको रास्कोट पुगेका सँगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे,महासचिव हिम बिष्ट,कोषाध्यक्ष जानकि चौधरी,भेरी कर्णाली क्षेत्रीय समन्वय समिति सँयोजक टिका केसि,गण्डकी धौलागिरी क्षेत्रिय समन्वय समिति सँयोजक ओम हमाल,केन्द्रीय राजकुमार योगी लगाएतको टोली कालिकोटको रास्कोट पुगेको छ ।उदघाटन कार्यक्रमको अध्यक्षता क्षेत्रीय समन्वय समिति सयोजक टिका केसि,सञ्चालन केन्द्रीय सदस्य राजकुमार योगिले गर्नुभएको थियोे । आस्था, बिचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता श्रमजीवीको हक, हित र जनपक्षीय पत्रकारिताको बिकासमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा लिएर दुर्गम क्षेत्रमा अभियनमा जुटेको संगठनले जनाएको छ ।बुधबार देखि शुरु हुने जनपक्षीय पत्रकारिता समन्धी तालिमको उदघाटन कालिकोटको रास्कोटमा अध्यक्ष डुम्रे लगायतको टोलीले गरेको छ ।क्रान्तिकारी पत्रकार संगठन नेपाल केन्द्रले आयोजना गरेको ३ महिने अभियान अन्तर्गत क्रान्तिकारी पत्रकार संगठन नेपाल भेरी कर्णाली क्षेत्रीय समन्वय समितिको आयोजनामा उद्घाटन हुन लागेको हो ।३ महिने जनसञ्चार अभियानमा कर्णाली स्तरीय जनपक्षीय पत्रकारिता तालिम हुने अध्यक्ष डुम्रेले बताएका छन् । संगठनले यस अघिपनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकार बिषयक जनजेतना कार्यक्रम देशव्यापी सन्चालन गरेको थियो ।

  •  
    161
    Shares
  • 161
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •