बुटवल उपमहानगरपालिकाको चौैथो नगर सभा आजदेखि सुरु भएको छ । नगरसभाको प्रथम बैठकमा चार वटा विधेयकहरु प्रस्तुत भएका छन् । चौथो नगर सभाको प्रथम बैठक शुभारम्भ गर्दै नगर प्रमुख शिवराज सुवेदीले विभिन्न विधेयकहरु प्रस्तुत गर्न अनुमति दिएसंगै चार वटा विधेयकहरु प्रस्तुत भएका छन् ।

जसअनुसार उपप्रमुख गुमादेवी आचार्यले न्यायिक विधेयक (न्यायिक कार्य्विधि व्यवस्थित गर्ने  विधेयक–२०७५, सामाजिक समिति संयोजक सिताकुमारी थापाले बालबालिकाको अधिकार व्यवस्थित गर्ने विधेयक,२०७५ प्रस्तुत गर्नुभएको छ ।यस्तै आर्थिक विकास समितिका संयोजक टंकप्रसाद पराजुलीले भाषा, कला, साहित्य, संस्कृति विद्वत प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, २०७५ र सहकारी ऐन, २०७४ (पहिलो संशोधन विधेयक, २०७५) प्रस्तुत भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले जानकारी दिनुभयो । नगरसभाको अर्को बैठक पुस २९ गते आइतबार बस्ने कार्यक्रम रहेको छ ।

  •  
    18
    Shares
  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •