लुम्बिनीमा भीषण आगलागी

प्रकाशित मिति:

रुपन्देही ।  लुम्बिनीमा भीषण आगलागी भएको छ । एक हप्तादेखि भइरहेको आगलागीले लुम्बिनी विकास कोषको साढे ४०० बिगाहा क्षेत्रफल जलेर नष्ट भएको छ ।लुम्बिनी विकास कोषको गुरुयोजना क्षेत्रभित्र भएको आगलागीका कारण महत्वपूर्ण वनस्पति जलेर नष्ट भएका कोषका वनस्पती शाखा अधिकृत सब्बिर खानले जानकारी दिए । ‘दिनहुँ आगलागी भएको छ, विकास कोषसँग दमकल छैन, नगरपालिकाको दमकल बिग्रिएकाले आगलागी नियन्त्रण गर्न गाह्रो भएको छ’ उनले भने, ‘यसपालि आगलागीले विकराल रुप लिँदा समस्या भयो ।’ आगो गए रातिबाट नियन्त्रणमा आएको उनले बताएका छन