द्वन्द्वपीडित बालबालिकाहरुलाई खाद्यान्न सहयोग

२६ पुष २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
13 Shares


झविन्द्र देवकोटा, कपिलबस्तु बनकट्टामा रहेको अभियान नेपाल बाल गृहका द्वन्द्वपीडित बालबालिकाहरुलाई जाडोका लागि खाद्यान्न सहयोग गरिएको छ । मेलवीन जोन्सको १ सय ४० औं जन्मजयन्तीको अवसरमा लायन्स क्लव अफ बुटवल मनि उजेशले २० हजार बरावरको खाद्यान्न सहयोग गरेको हो । कार्यक्रममा क्लवका अध्यक्ष सृष्टि गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स ३२५ बी टुका डिष्ट्रिक ट्रेजर सुनिता श्रेष्ठले बालगृहका संस्थापक तिलक शाहीलाई उक्त सहयोग प्रदान गरेका थिए ।

सहयोग प्रदान गर्दै श्रेष्ठले सामाजिक उत्तरदायित्व वहन गर्ने गरि विभिन्न समयमा विभिन्न समस्यामा परेकाहरुलाई क्लवले सहयोग गर्दै आएको बताए । उनले क्लवले द्वन्द्वपीडित बालबालिकालाई मात्र होईन आगलागी, बाढिपहिरो लगायतका विपतमा परेकाहरुलाई सहयोग गरेर सामाजिक उत्तरदायित्व बहन गरेको बताउनुभयो ।

लायन्स सोनाली गुरुङ्गको संचालनमा भएको कार्यक्रममा कार्यक्रम संयोजक नेहा अग्रवाल लगायतले आआफ्न भनाई राखेका थिए । क्लवले आटा, चिउरा, तेल, चालम, विस्कुट लगायतका दैनिक उपभोग्य बस्तु वितरण गरेको हो । सो अवसरमा क्लवले मेलवीन जोन्सको १ सय ४० औं जन्मजयन्तीको अवसरमा केक काटेर बालबालिकालाई खुवाएको थियो । आश्रममा १० जना बालबालिकाले आश्रय लिदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भिडियो कन्फरेन्समा बस्यो तिलोत्तमा नगर कार्यपालिकाको बैठक
  • तिलोत्तमाको राहत कोषमा झण्डै ३६ लाख संकलन :राहत वितरणमा हालसम्म…
  • गोर्खाली युवा सशक्तिकरणद्वारा निशुल्क सेनेटाईजर वितरण
  • कोरोना भाइरसको औषधि पत्ता लागेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी
  • कोरोना भाइरसले साउदी राजपरिवारका १५० जना संक्रमित
  • सामाजिक सञ्जालबाट प्रधानमन्त्रीको मानमर्दन गर्ने दुई जना पक्राउ
  • बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार
  • मानवता हराएको सहर
  • सिरहाका मिर्चैया नगरपालिकामा राहतको बिषयलाई लिएर असन्तुष्ट पक्षले गरे पत्रकार…
  • आजको मौसम :मेघगर्जन, चट्याङ् र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना