७०० वर्ष पुरानो यो चमत्कारीक मन्दिर, जो सयौं पल्ट डुब्दा पनि जस्ताको तस्तै रहनुको यस्तो रहस्य

प्रकाशित मिति:

बेइजिङ । चीनको इजोऊ प्रान्तमा यांग्त्से नदीमा बनेको यो मन्दिर ७ सय वर्ष पुरानो हो । मन्दिर अहिलेसम्म सयौं पटक नदीमा आएको बाढीमा डुबिसकेको छ । तर, यो मन्दिरलाई बाढीले कुनै नोक्सान पुरयाएको छैन ।यो मन्दिर चीनका सोन्ग वंशका शासकले बनाएका हुन् । ती शासकहरुले यो मन्दिरलाई नदीको बीचमै बनाउन लगाएका थिए । विगत केही दिनदेखि यो नदी पूरै पानीमा डुबेको थियो ।

अहिले पानीको सतह घटेपछि केही भाग देखिएको छ । नदीमा मन्दिरको आधा भाग भने १२ महिना नै डुबिरहेको हुन्छ । मानिसहरु डुंगामा चढेर यहाँ पुग्छन् ।