उज्यालो लाल्टिन प्रतिष्ठान, रुपन्देहीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन देवदह ८ शितलनगरमा सम्पन्न भएको छ । अधिवेशनले मुकेश ज्ञवालीको अध्यक्षतामा सर्वसम्मत कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा यमुना गैह्रे , सचिव रविन शर्मा चापागाई ,सह सचिब नारायण अधिकारी, कोषाध्यक्ष मन्जु लामिछाने रहेकाछन् । समितिका सदस्यहरुमा सिमा चापागाई, उर्मिला ज्ञवाली, कृष्ण प्रसाद उपाध्याय, सुरज बश्याल, सामाज्ञा अधिकारी, रति पराजुली छन् । अधिवेशनले लेखा समिति संयोजकमा बिमल पौडेल, प्रेस संयोजकमा सुरज भण्डारी, एम्बुलेन्स संचालन समिति संयोजकमा सागर कँडेल, स्वास्थ्य बिभाग संयोजकमा बिमल पराजुली, साहित्य बिभाग संयोजकमा सन्देश ज्ञवालीलाई चयन गरेको छ