घाेराही कारागारमा एक थुनुवाकाे मृत्यु

प्रकाशित मिति:

दाङमा एक थुनुवा व्यक्तिको ज्यान गएको छ । जबरजस्ती करणी उद्योग मुद्धामा पूर्पक्षका लागि घोराही कारागारमा रहेका बगंलाचुली(६ निवासी ५५ वर्षीय तिलबहादुर महराको ज्यान गएको छ ।बुधबार राति एक्कासी बिरामी भएका महराको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

उनलाई हातखुट्टा सुन्निने र सास फेर्न गाह्रो हुने समस्या देखिएको थियो ।