विश्वकै धनी अमेजनका सीईओ जेफको डिभोर्स, कसरी गरे सम्पत्ति बाँडफाँड?

२६ पुष २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
51 Shares


वासिङटन –विश्वकै धनी व्यक्तिका रूपमा चिनिएका अमेजन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) जेफ बेजोज र उनकी पत्नी म्याककेन्जीको सम्बन्ध विच्छेद भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यको अनुसार २५ वर्षपछि बुधवार उनीहरूको सम्बन्ध विच्छेद भएको हो ।

This image has an empty alt attribute; its file name is DwebBAHVYAEMEv2.jpg

उनीहरुले बुधबार ट्विटरमा वक्तव्य नै दिएर डिभोर्सको घोषणा गरेका छन् । उनीहरुको डिभोर्सले पश्चिमा सञ्चार माध्यममा ‘हट केक’ समाचार भएको थियो । उनीहरूकाे  १९९३मा विवाह बन्धनमा बाँधिए ।

‘‘हामीले एकदमै भाग्यमानी महसुस गरेका थियौं । र हामी एक अर्काप्रति आभारीपनि थियौं’’ उनीहरुको वक्तव्यमा भनिएको छ,  “हामीबीच वैवाहिक जोडीको रुपमा महान जीवन थियो । र हामीले महत्वपूर्ण भविश्य पनि देखेका थियौं ।”

जेफको सम्पति १३७ बिलियन डलर (नेपाली १,५४,५२,९१,५०,००,००० रुपैयाँ) रहेको मानिन्छ । अझ कतिपयले त पछिल्लो समयमा उनी १६० बिलियन डलरका मालिक भएको समेत जनाएका छन् ।   द ब्लुमबर्ग बिलियनियर इन्डेक्सका अनुसार उनी विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् ।

Image result for Divorce 25 years after the CEO of the world's wealthy Amazon

यसलाई सम्पत्ति बाँडफाडको हिसाबले इतिहासकै सबैभन्दा ठूलो अथार्त महंगो डिभोर्स मानिएको छ । उनीहरुले के कसरी सम्पति बाँडफाँड गरे भन्ने औपचारीक रूपमा खुलाइएको छैन  ।

म्याककेन्जीले करिब ६८ बिलियन डलर कमाइसकेकाे बताइएकाे छ । उनी विश्वकाे पाँचाै
धनाढ्य रहेकाे समेत बताइएकाे छ ।

अमेरिकी कानुन अनुसार डिभाेर्स गर्दा आधा सम्पत्ति पत्नीलाई दिनु पर्ने व्यवस्था छ । साेही अनुसार सम्पत्ति बाडफाड गरिएको अमेरिकन वकील भर्जीनिया ओनूले बताएका छन् । अमेजन कम्पनीमा रहेको सेयरलाई मैद्रीक मूल्यका आधारमा पत्नीलाई दिइएको बताइएको छ ।

Image result for Divorce 25 years after the CEO of the world's wealthy Amazon

अमेजन विश्वकै महत्वपूर्ण कम्पनीका रुपमा अहिले स्थापित भएको छ । यसको मूल्य झण्डै ८१० बिलियन डलर रहेको बताइन्छ ।

जेफले म्याककेन्जीलाई सबैभन्दा पहिला न्यूयोर्कमा भेटेका थिए । हेड्ज फन्डको अनुसन्धानको कामका लागि अन्तर्वार्ता लिने क्रममा पहिलो पटक उनीहरुको भेट भएको थियो । जहाँ म्याककेन्जी उपाध्यक्षका रुपमा काम गर्थिन् ।

उनले विवाह गरेपछि वाल स्ट्रिटको उनको जागीर छोडेका थिए । त्यसपछि उनी सियाटलमा बस्न थाले । सियाटलमा उनीहरु एक बेडरुम भएको फ्ल्याटमा भाडामा बस्ने गरेका थिए । तर,  अमेजनको स्थापनापछि उनको जीवनले काँचुली फेरेको थियो । अहिले अमेरिकाका विभिन्न स्थानमा उनका ५ वटा घर छन् । प्रारम्भमा अमेजन एउटा अनलाइन बुकस्टोर मात्रै थियो ।

उनीहरु चार सन्तान छन् । तीन वटा छोरा र एक छोरी छन् । छोरीलाई चीनबाट ‘एडप्ट’ गरिएको थियो । म्याककेन्जी उपन्यासकार पनि हुन् । उनले सन् २००५मा  द टेस्टीङ अफ लुथर अबल्राइट  र सन् २०१३मा ट्रयाप्स उपन्यास लेखेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • ज्ञानेन्द्र शाही पनि मिसिए रमेश खरेलको ‘हाम्रो नेपाल, हामी नेपाली’…
  • बाबुराम भट्टराई भन्छन – ‘म लगायत प्रधानमन्त्री बनेका सबैको सम्पत्ति…
  • अर्थमन्त्री पक्का बाहिरिने
  • पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह
  • खर्च कम गर भने पछि श्रीमतीले गरिन् सम्बन्धबिछेद
  • राष्ट्रियसभामा वामदेवको ‘प्रबेश’ ,युवराज बाहिरिँदै
  • कोरोनाभाइरस मार्न भन्दै चीन गएकी राखी सावन्त ‘प्रभू’को शरणमा पुगेपछि…{भिडियो…
  • पोखरामा डुंगा पल्टिँदा बेपत्ता भएका सुमित लुइँटेल मृत फेला
  • नेपाली क्रिकेटमा पुबुदु दासानायकेको पुनरागमन
  • राष्ट्रपति भण्डारीका लागि सार्वजनिक बिदा