मिसन डेभलपमेण्ट बैंकको नबौं साधारणसभा सम्पन्न

प्रकाशित मिति:

पुष २६,बुटवल /   बुटवलमा प्रधान कार्यालय रहेको मिसन डेभलपमेण्ट बैंकले नवौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  मंसिर २३ गते बसेको सञ्चालक समीतिको ३०४ औं बैठकको निर्णय अनुसार बैंकले द दरबार लन प्रा.लि. तिलोत्तमा–३, योगिकुटी रुपन्देहीको सभाहलमा सम्पन्न गरेको हो । लिल बहादु केसीको अध्यक्षतामा कम्पनी सचिव विष्णु प्रसाद पोखरेलको सञ्चालनमा हिजो बिहीबार सम्पन्नसाधारण सभाले पाँच वटा सामान्य प्रस्ताव र पाँच वटा विशेष प्रस्ताव पनि पारित गरेको छ । जसमा अध्यक्षको आर्थिक बर्ष २०७४÷७५ बार्षिक प्रतिवेदन माथि छलफल, लेखाप्रतिवेदन, नगद लाभांस, लेखापरीक्षक नियुक्तीको अख्तियारी, सञ्चालकहरुको निर्वाचन जस्ता सामान्य प्रस्ताव पारित छन् भने, ११ प्रतिशत बोनस सेयर स्वीकृत, कार्य क्षेत्र विस्तारको अख्तियारी, प्रवन्धपत्र तथा विनियमावली प्रस्ताव बमोजिम संसोधन, पारित प्रवन्धपत्र तथा विनियमावली प्रस्ताव बमोजिमसरोकारवाला निकायमा प्रस्तुत गर्दा थपघट गर्न वा सच्याउनको लागि अख्तियारी, मर्जरको लागि आवश्यक कमिटी गठनको लागि सञ्चालक समीतिलाई अख्तियारी जस्ता विशेष प्रस्तावहरु पारित गरेको बैंकले जनाएको छ ।

सोही साधारण सभाले चार जना सञ्चालक समीति सदस्य समेत चयन गरेको छ । जसमा ऋषिराम पाण्डे, टिकाराम घिमिरे, धर्मराज पौडेल, लिल बहादुर केसी रहेका छन् । साधारण सभाबाट निर्विरोध चयन भएका सञ्चालकहरुलाई निर्वाचन अधिकृत खुमाकान्त पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराएको बैंकले जनाएको छ । नवलपरासी, रुपन्देही र कपिलबस्तु गरी तीन जिल्ला कार्य क्षेत्र भएको बैंकको ५१ करोड, ९२ लाख ८० हजार दुई सय चुक्तापुँजी रहेको छ भने साधारण सभाबाट पारित ११ प्रतिशत बोनस सेयरले ५७ करोड ६४ लाख ११ हजार २२ रुपैयाँ चुक्तापुँजी पुग्नेछ । बैंकको पछिल्लो वित्तीय विवरण अनुसार बैंकले चार अर्ब ६५ करोड निक्षेप संकलन गरी चार अर्ब दश करोडकर्जा प्रवाह गरेको छ ।

प्रधान कार्यालय सहित २० वटा शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रवाह गरेको बैंकलाई हालकै अवस्थामा सेवा प्रवाहगर्न नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन अनुसार प्रदेश नं. ४ मा सञ्चालित एक शाखा स्थान्तरण, बिक्री वा बन्द गर्नु पर्ने छ । तर मर्जर वा एक्वीजिशनको विकल्प भने यथावत नै छन्