सामूहिक विकास बचत तथा ऋण सहकारीले ७ महिनासम्म बिभिन्न कार्यक्रम गरी रजत जयन्ती मनाउने

५ श्रावण २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया


रुपन्देहीको पहिलो बचत तथा ऋण सहकारी सामूहिक विकास बचत तथा ऋण सहकारीले ७ महिनासम्म बिभिन्न कार्यक्रम गरी रजत जयन्ती मनाउने भएको छ । सहकारीले आज शंकरनगरमा पत्रकार सम्मेलन गरी साउन देखि माघ सम्म रत्तदान, बृक्षारोपण, खेलकुद, स्वस्थ्य शिविर, सहयोग हस्तान्तरण, प्रदेशस्तरीय सहकारी गोष्ठी, कविता गोष्ठी लगाएतका रचनात्मक कार्यक्रम सहित रजत जयन्ती मनाउन लागेको जानकारी गराएको हो ।
। रजत जयन्तीका अवसरमा साउन १२ गते शंकरनगर सामुदायिक वनमा वृक्षारोपण, भदौ ९ गते वृद्धाश्रम र स्वास्थ्यसंस्थामा जिन्सी सामग्री हस्तान्तरण, असोज ६ गते स्वास्थ्य शिविर तथा रक्तदान, कात्तिक १६ गते प्रदेशस्तरीय सहकारी गोष्ठी, मंसिर १५ गते जिल्लास्तरीय कविता गोष्ठी, मंसिर २२ गते साधारणसभा, पुस ७ गते अन्तर मावि जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता, पुस १४ गते हाफ म्याराथुन दौड प्रतियोगिता र माघ १७ गते मूल समारोह गरिने अध्यक्ष चुडामणि खरेलले बताउनु भयो ।
शंकरनगरमा कार्यालय रहेको सहकारी नेपालका राष्टियस्तरका बैक तथा बित्तिय सस्थाहरु जस्तै सवल, र सक्षम रहेको छ ।
सरकारी र सहकारी क्षेत्रका बिभिन्न राष्टिय र क्षेत्रीय पुरस्कार पाएको सामुहिक सहकारी सदस्य संख्याको आधारमा प्रदेश ५, ६ र ७ मै सबैभन्दा ठूलो सहकारी हो । २०५० सालमा स्थापित यो सहकारीले १ अर्व ४७ करोड ६२ लाख ३१ हजार ५ सय ११ रुपैयाँ कर्जा लगानी गरेको छ । २६ जना शेयर सदस्यले २६ सय शेयर पुँजी जम्मा गरी सहकारी स्थापना गरेका थिए । अहिले सदस्य संख्या ६ हजार ३ सय ५५ पुगेको छ । जसमध्ये ३ हजार ५ सय ८५ जना महिला छन् । सहकारीको सम्पत्ति २ अर्ब पुगेको छ । १६ करोड ८३ लाख २७ हजार शेयर पुँजी रहेको सहकारीले १ अर्ब ४० करोड ४४ लाख ७ हजार ६ सय २५ रुपैयाँ बचत संकलन गरेको छ । गएको वर्ष सहकारीले ३ करोड ८५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अध्यक्ष खरेलले सहकारीले ६० प्रतिशत कर्जा व्यावसायिक क्षेत्रमा लगानी गरेको पनि जानकारी दिनुभयो । सामाजिक, शैक्षिक र उद्यमशीलतामा पनि सहकारीले लगानी गरेको उहाले बताउनु भयो । सहकारीबाट अहिले २१ सय जनाले कर्जा लिएका छन् । सहकारीले रजत जयन्तीको अवसरमा एटिएम सेवा समेत सञ्चालन गर्ने योजना बनाएको छ । रजत जयन्तीका सहकारीले राष्ट्रबैंकको अनुमति लिएर एटिएम सेवा सञ्चालन गर्ने योजना बनाएको छ ।
पत्रकार सम्मेलन सहकारीका उपाध्यक्ष रुद्रप्रसाद श्रेष्ठको स्वागत र प्रचार समितिका संयोजक विष्णु पौड्यालको सञ्चालनमा भएको थियो ।
सोही अवसरमा अध्यक्ष खरेलले सहकारीको रजत जयन्तीको लोगो अनावरण गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया