युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै

२६ पुष २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
26 Shares


फेक र स्पाम अकाउन्ट धेरै भएको भन्दै गुगलले त्यस्ता अकाउन्टहरुलाई बन्द गर्न सुरु गर्ने भएको छ । यसरी फेक र स्पाम अकाउन्टहरु हटाउन थालेपछि ठूला देखि साना युट्यूबच्यानलहरुको सब्सक्राइबर घट्न सक्ने सम्भावना रहेको कुरा गुगलले एक आधिकारिक सूचना मार्फत बताएको छ ।कतिपय युट्यूब च्यानलहरुले स्पाम र फेक अकाउन्टको सहायताले सब्सक्राइबर बढाएको भेटिए पछि यस्तो गर्न लागिएको हो । फेक र स्पाम अकाउन्ट हटाएपछि प्रयोगकर्ताहरुमा युट्यूब “फेयर प्लेयिंग फिल्ड” अर्थात् निष्पक्ष प्ल्याटफर्म रहने विश्वास गुगलले राखेको छ ।

गुगलले नियमित रुपमा युट्यूब अकाउन्ट र च्यानलको वैधताको जाँच गर्नेछ । अकाउन्टलाई शंकास्पद भेट्नासाथ गुगलले उक्त अकाउन्टलाई डिलिट गरिदिने छ । डिलिट गरिसकेपछि उक्त अकाउन्टबाट गरेका सब्सक्राइब, कमेन्ट, लाइक, डिसलाइक आदि सबै हट्नेछ जसले गर्दा च्यानलको सब्सक्राइबर र भिडियोको लाइक र कमेन्ट घट्ने छ ।गुगलको यस कार्यबाट साना अकाउन्टमात्र नभएर प्युडीपाई र टिसिरिजजस्ता ठूला च्यानलको पनि सब्सक्राइबर घट्ने सम्भावना रहेको छ । उच्च फेक सब्सक्राइबर रहेको र १००० सब्सक्राइबर पनि नपुगेको च्यानललाई युट्यूब पार्टनर प्रोग्रामबाट हटाइनेछ । र त्यस्ता च्यानलले ठीक तरिकाबाट १००० सब्सक्राइबर पाएपछि मात्र पुन: पार्टनर प्रोग्राममा समावेश गरिनेछ । यसबाट असर परेका युट्यूब च्यानलहरुलाई युट्यूब स्टुडियो र क्लासिक क्रियटर स्टुडियो मार्फत जानकारी दिईने ।

स्पाम र फेक अकाउन्टले गर्दा साना युट्यूब च्यानल पनि रातारात ठूला हुँदै गएका थिए । ट्वीटरले पनि केहि महिना अगाडी फेक अकाउन्टहरु बन्द गरेको थियो जसले गर्दा निकै प्रचलित भनिएका प्रयोगकर्ताको पनि फलोवर ह्वातै घटेर आएको थियो । यसै गरि फेसबुकले पनि हालसम्म १.३ अर्बवटा फेक अकाउन्ट डिलिट गरिसकेको छ । सन् २०१८ को सुरुको ३ महिनामा मात्रै पनि ५४ करोडवटा फेक फेसबुक अकाउन्टहरु डिलिट भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • दुर्घटनामा घाइते सीपी मैनालीलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी
  • समृद्ध नेपाल बनाउन रोकौँ भ्रष्टाचार
  • मदिरा सेवन गरी दार्चुलामा विद्यार्थीमाथि कुटपिट
  • ज्ञानेन्द्र शाहीलाई राखिएपछि पूर्वडीआईजी खरेलसहितको समूह ‘हाम्रो नेपाल, हामी नेपाली’बाट…
  • कक्षा १० मा पढ्ने विद्यार्थीले आफैँले बनाएको गाडी चलाएरै देखाएपछि…
  • वीपी प्रतिष्ठानमा डाक्टरहरुको लापरवाहीका कारण प्रसुती गराउन ल्याईएकी लक्ष्मी र…
  • सेना नेपाली जनताको आस्था एवं भरोसाको केन्द्रविन्दु हो : प्रधानसेनापति…
  • राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन
  • प्रधानमन्त्री ओलीलाई हटाउने गृहकार्य
  • ११ वर्षीया बालिकालाई बलात्कार गर्दै भिडियो खिच्दै, कसैलाई भने सार्वजनिक…