तरुण दलको प्रर्दशनमा प्रहरीको दमन प्रती सर्वत्र विरोध , दमनको विरोधमा तरुण दलले ७७ जिल्लामै प्रर्दशन गर्ने (भिडीयो सहीत)

प्रकाशित मिति:

सबल डक्स\ साउन ५ । तरुण दलले आज काठमाडौको वानेश्वरमा गरेको शान्तिपूर्ण प्रदर्शनमा अध्याधीक वल प्रयोग गरेको मा नेपाली काँग्रेसले कडा रुपमा विरोध गरेको छ । प्रहरीको आक्रमणमा नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य, नेपाल प्रेस युनियनका महासचिव अजयवावु शिवाकोटी लगायत धेरै संख्यामा नेता तथा कार्यकर्ता पत्रकार घाइते भएको तरुण दलका महासचीव भुपेन्द्रजंग शाहीले जानकारी दिनु भएको छ । काँग्रेसले चिकित्सा शिक्षा विधेयक, चर्को मूल्यवृद्धि, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन, निषेधाज्ञालगायतका मुद्दाहरुमा आन्दोलन जारी रहने भनेको छ । नेपाल तरुण दलले काठमाडौमा गरेको प्रदर्शनमा सरकारले गरेको दमनवाट अध्यक्ष जीतजंग बस्नेत सहित दर्जनौ नेता कार्यकर्ता घाइते भएकोमा दुःख व्यक्त गरेको छ । तरुण दलले सरकारका का जनविरोधी निर्णय को विरोध गर्न कुनै पनि कीसीमको दमन वाट बिचलित नहुने भन्दै सरकारको अधिनायकवादी रबैयाको बिरोधमा तरुण दलले कडा रुपमा प्रतिकार गर्ने महासचिव भूपेन्द्रजंग शाहीद्धारा जारी गरेको विज्ञप्तिमा भनिएको छ । बिरोध प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेप र दमनको बिरोधमा भोली ७७ जिल्लामै जिल्ला प्रशासन कार्यलय अगाडि बिरोध प्रर्दशन गर्ने निर्णय गरेको छ ।

तस्वीर: पुनहरी वेलवासे