आज पृथ्वी जयन्ती,,राप्रपाले जितेका स्थानमा मात्र विदा

प्रकाशित मिति:

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश विभिन्न कार्यक्रम गरी मनाईदैछ । पृथ्वी जयन्ती तथा एकता दिवशको अवसरमा दिईने विदा कटौती गरेपनि राप्रपाले जितेको ठाउंमा भने विदा दिईएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले जितेको स्थानीय तहमा मात्र पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सार्वजनिक बिदा दिइएको छ ।राप्रपाले स्थानीय तहको निर्वाचनमा तीन तहमा जितेको थियो । नेपालगञ्ज उपमहानगरपालिका, झापाको कचनकवल तथा धादिङको रुवीभ्याली गाउँपालिका गरी तीन तहमात्र जितेको राप्रपाले शुक्रबार सार्वजनिक बिदा दिएको हो ।धार्मिक रुपले नहेरी पार्टीगत रुपले हेरिएको छ । के हिन्दू, मुस्लिम, इसाई । राष्ट्र निर्माता पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण गर्दा धर्म र जात हेरेनन् ।राप्रपाले हिन्दू धर्मको वकालत गर्दै हिंडे पनि स्थानीय तहको निर्वाचनमा नेपालगञ्जमा हिन्दूधर्मी, कचनकबलमा मुस्लिमधर्मी र रवी भ्यालीमा प्रमुख इसाईधर्मी छन् ।