अनशन बसेको तेस्रो दिनमा गोविन्द केसीको छातीमा समस्या

प्रकाशित मिति:

इलाम– इलाममा १६औं अनशनमा बसेका डा. गोविन्द केसी बिरामी परेका छन् । सरकार र आफूबीच भएको सहमतिविपरीत संसद्को शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन बहुमतका आधारमा पारित गरेको भन्दै गत बुधबारदेखि अनशनमा बसेका डा. केसीको छातीमा समस्या देखिएको छ । बुधबार अपराह्नदेखि अनशनमा बसेका डा.केसीको छाती दुख्ने तथा शरीरमा पसिना आउने समस्या देखिएको छ । इलाम अस्पतालका डाक्टरहरूले उनको स्वास्थ्य परीक्षण गरेका छन् ।

उनको रक्तचाप तथा लक्षण हेर्दा सुगरको मात्रा कम देखिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । तर उनले सुगर चेक गर्न दिएका छैनन् । गत बुधबार बिहान बसेको संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकले सांसद भैरबबहादुर सिंहको संयोजकत्वमा गठित उपसमितिले पेश गरेको प्रतिवेदनलाई बहुतमतका आधारमा पास गरेको थियो ।

सरकारले भने गोविन्द केसीले अनशन बस्नुको कुनै तुक नरहेको बताएको छ । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारले जारी गरेको विधेकलाई डा. केसीले स्वागत गर्नुपर्ने बताएका छन् ।