जाडो मौसममा भुलेर पनि नगर्नुहोस् यी ७ गल्ती

प्रकाशित मिति:

मौसमी परिवर्तनले हाम्रो शरीरलाई धेरै प्रकारले प्रभाव पार्छ । रुघा, खोकी, एलर्जी र ज्वरो असामान्य घटना होइन । कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अधिकांश समय अल्छी बन्छौँ । जसका कारण हामीले जानीनजानी विभिन्न स्वास्थ्य समस्या निम्त्याएका हुन्छौँ । चिसोमा हामीबाट हुने  गल्ती

थोरै पानी पिउने
निश्चय नै गर्मी मौसममा जस्तो जाडोमा हामीलाई तिर्खा लाग्दैन । तर, जाडोसँग तिर्खाको कुनै सरोकार छैन । जाडो मौसममा थोरै शारीरिक गतिविधि गर्ने भएकाले हामी कम तिर्खा लाएको महसुस गर्छौं । बेलायतको डायबेटिक एसोसिएसनका अनुसार हाइड्रेड रहन जाडोमा हाम्रो शरीरलाई दैनिक दुई लिटर पानी आवश्यक पर्छ । डिहाइड्रेसनले मिर्गौला, अपच र पेट दुख्नेलगायत समस्या उत्पन्न हुन्छ । जाडो मौसममा अत्यधिक तातो पानी पिउनु हुँदैन । त्यस्तै, चिसो भन्दैमा अत्यधिक कफिनयुक्त खाना पनि खानु हँुदैन ।

बढी लुगा लगाउने

जाडोबाट बच्न हामीले न्यानो जाकेट, स्विटर र अन्य बाक्ला लुगा लगाउँछाँै । तर, धेरै लुगा लगाउनु पनि जाडोबाट बच्ने उत्तम उपाय भने होइन । अत्यधिक लुगाले बढी गर्मी हुने शरीरमा पसिना आउन सक्छ । जब पसिना निस्किएर सुक्छ । यसले हामीलाई झन् चिसो बनाउँछ । तसर्थ जाडोमा लुगा लगाउँदा मांसपेशीलाई न्यानो पार्ने तर धेरै लुगामाथि लुगा लगाउनु हुँदैन ।

हातमा पन्जा र खुट्टामा मोजा
जाडोबाट बच्न हातमा पन्जा र खुट्टामा मोजा लगाउनु नराम्रो होइन । तर, चिसोलाई जित्ने यो नै राम्रो तरिका भने होइन । कुनै पनि मौसमसँग अभ्यस्त हुन हाम्रो हात र खुट्टा मात्र सहज अंग हुन् । हात र खुट्टालाई पनि ढाकेर बस्नुको अर्थ वायुमण्डलमा भएको वातावरणीय परिवर्तनलाई अंगीकार गर्न हामीले हाम्रो शरीरलाई अवरोध गरेका छौँ भन्ने अर्थ लाग्छ । जाडोमा मोजा लगाएर कहिल्यै पनि नसुत्नुहोस् । यसले मुटुबाट जोर्नीमा हुने रक्त प्रवाह र रक्त सञ्चालनमा प्रभाव पार्छ । मोजा लगाएर सुत्दा जोर्नीमा रगत जम्ने खतरा हुन्छ ।

आनन्दका लागि खाने
तौलका बारेमा सबैभन्दा ध्यान दिने भनेको जाडो मौसममा हो । जाडोबाट बच्न हामी मीठा मीठा र बढी चिल्लो, प्रोटिनयुक्त र जंक फुडलगायत खानेकुरा खाने गर्छौं । जाडोको समयमा हाम्रो शरीर पनि अल्छी बन्छ । हामीमध्ये धेरैजसो काम गर्न झन्झट मान्छौँ । शारीरिक गतिविधि कम गर्छौं, हिँड्ने र व्यायाम गर्ने भन्दा पनि जतिखेर पनि सिरकभित्रै बस्न मन पराउँछौँ । यो राम्रो बानी होइन । जाडोको समयमा न्यानो बन्न ताजा खानेकुरा विशेषगरी फलफूल र सागसब्जी खानुपर्छ । मौसमी फलफूल जस्तै ः सुन्तला, अनार, बदाम इत्यादि खाएर पनि ज्यान तताउन सकिन्छ ।
बढी सुत्ने
जाडोको समयमा हामी बढी सुत्न खोज्छौँ किनभने ब्ल्यांकेटभित्र छिर्नेवित्तिकै स्वाभाविक रुपमै निद्रा आउँछ । बिहान पनि हामी अबेरसम्म बेडमै सुत्न मन पराउँछौँ । त्यतिमात्र होइन, बिहानको खाना खाएपछि दिउँसो पनि घाम देखेपछि झुपुक्क सुतौँ जस्तो लाग्छ । अझ भनौँ, घाम छोड्नै मन लाग्दैन । जाडो सकिनेबित्तिकै सामान्य अवस्थामा फर्किन हामीले निकै प्रयत्न गर्नुपर्छ ।

भित्रै बस्न मन पराउने
घाम लाग्दा घाम छोड्न मन नलागे पनि बिहान–बेलुकी अधिकांश समय भित्रै बस्न मन पराउँछौँ । बाहिर हिउँ परेका बेला भित्र बस्नु राम्रो कुरा हो । तर, बादल लाग्नेबित्तिकै जाडो मौसममा अधिकांश मानिस निष्क्रिय भएर भित्रै बस्न वा भट्टी पसलमा गएर ज्यान तताउन मन पराउँछन् । यो पनि राम्रो आदत होइन । जाडो मौसममा पार्कतिर घुम्दा वा काममा व्यस्त हुँदा रक्त सञ्चार तीव्र हुनुका साथै तपाईंलाई स्वाभाविक रुपमा न्यानो हुन्छ ।

अनावश्यक क्रिम र लोसनको प्रयोग

जाडोमा हामीले गर्ने अर्को गल्ती नानाथरी क्रिम र लोसनको प्रयोग हो । छालालाई चिल्लो बनाउनु राम्रो भए पनि चिकित्सकको सल्लाहबिना जथाभावी मोस्चराइजेसन गर्नु उचित होइन । जथाभावी लोसन दल्दा छालाको एलर्जी हुनुका साथै छालासँग सम्बन्धित अन्य रोग लाग्न सक्छ ।