असक्षम नेविसंघ नेतृत्वलाई निरन्तरता दिनु हुन्नः प्रकाशमान सिंह

प्रकाशित मिति:

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयमा १२औं महाधिवेशन गर्न नसकेको वर्तमान कार्यसमितिलाई भंग गर्नुपर्ने बताएका छन्।  कैलालीमा भएको पत्रकार सम्मेलनमा बोल्दै सिंहले वर्तमान कार्यसमिति असक्षम भएको आरोप लगाए। दुई वर्षे कार्यकाल रहेको नेविसंघ नेतृत्वले सहज रुपमा जिल्ला अधिवेशन पनि गर्न नसकेको उनले बताए।

‘जिल्ला अधिवेशनहरु पनि गर्न सकेन। क्याम्पसहरुको अधिवेशन पनि गरेको देखेनौं। कामै गर्न नसकेको नेविसंघलाई समय थप्न हुँदैन।’ उनले भने, ‘भारी बोक्न नसक्नेलाई अरु भारी थपिदिएर बोक्न सक्छ र?’

उनले थपे, ‘निर्वाचित कार्यसमितिले १२औं महाधिवेशन गरेको भए राम्रो हुने थियो।’ वर्तमान कार्यसमितिले महाधिवेशन गर्न नसकेको साथै स्ववियु निर्वाचन पनि आइसकेकाले तदर्थ समिति बनाउनुपर्ने उनको भनाइ थियो।