भारतीय टमाटरको ट्रक बिच बाटोमै रोकेर नष्ट गरिदिए कृषकले

प्रकाशित मिति:

पुस २७ काठमाडौं । स्वदेशी गोलभेँडाले नै मूल्य नपाएको बेला भारतबाट आयात गरिएको भन्दै नवलपरासीका आक्रोशित किसानले भारतबाट भित्रिएको तीनवटा ट्रकका गोलभेँडा नियन्त्रणमा लिएर सडकमा पोखिदिएका छन् ।

बिहीबार राति भारतबाट गोलभेँडा लिएर नेपाल भित्रिएका ट्रकलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको थुम्की भन्ने ठाउँमा किसान चौतारी नेपाल, चितवनको ‘किसान टास्क फोर्स’को करिब ५० जनाको टोलीले नियन्त्रणमा लिएर ट्रकमा सामान्य क्षति पुग्ने गरी तोडफोड समेत गरेका छन् ।

आफ्नो उत्पादनको भाउ नपाएका अवस्थामा दैनिक ठूलो मात्रामा सस्तो भारतीय गोलभेँडा नेपाल भित्ररिहेको छ । सरकारले स्वदेशी उत्पादनलाई बेवास्ता गरेर भारतबाट आयात गरेको भन्दै उनीहरु आक्रोशित बनेका किसानहरु अझै पनि टमाटर भारतबाट ल्याइए नियन्त्रमा लिएर नष्ट गरिदिने किसान चौतारी नेपालका जिल्ला अध्यक्ष कृष्ण न्यौपानेले बताए ।

आफूहरुले उत्पादन गरेको गोलभेँडा फाल्न बाध्य भएका स्थानीय कृषकहरुले आत्महत्या गर्नु पर्नेसम्मको अवस्था सिर्जना भएको अध्यक्ष न्यापानेले बताए ।