केसीका सबैजसो माग पुरा भए, उहाँले उत्सब मनाउने बेला हो : मन्त्री बास्कोटा

प्रकाशित मिति:

अनिल सापकोटा,

पुस २७, काठमाडौँ । मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सुचना प्रविधी तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले डा.गोविन्द केसीको सबै माग पूरा भएको बताएका छन् ।

केसीले उठाएका माग पूरा भइसकेको बताउँदै मन्त्री बास्कोटाले भने ‘अब अरु विषयमा केसीजीले के के गर्नुहुन्छ, मिटिङ, बैठक, के अब कस कसको कुरा त्यो चाही अब हामीलाई पनि थाहा भएन । कता कता गएर कस कसको अनुरोधमा उहाँले कुरा उठाउनुभएको छ त्यो थाहा भएन, कहिले इलाम, कहिले जुम्ला, सम्बन्धन दिन पनि भन्नुहुन्छ, दिनुहुदैन पनि भन्नुहुन्छ । त्यो अलिकति बुझ्न सकिएन ।

उनले शेरबाहादुर देउवा प्रधानमन्त्री भएको बेला ४ पटक अनसन बसेको, स्व।सुशील कोइराला प्रधानमन्त्री भएको बेला ३ पटक बसेको, डाक्टर बाबुराम भट्टराई भएको बेला २ पटक बसेको, मन्त्रीपरिषदको अध्यक्ष खिलराज रेग्मी भएको बेला २ पटक अनसन बसेको र नेकपाका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला २ पटक अनसन बसेको बताउँदै केसीले गरेमा मागहरु स्वीकृत भइसकेको बताए ।

‘यस विषयमा म केही पनि भन्दिन, उहाँका अधिकांश मागहरु पूरा भएका छन् । यो त उहाँले उत्सव मनाउनुपर्ने बेला हो जस्तो लाग्छ । यो अनसन के का लागी ? यसमा के सम्बोधन भएन?’ मन्त्री बास्कोटाले भने ।