कोरिया
कोरियाको सामसङ कम्पनीले हालै विश्वकै सबैभन्दा ठूलो आकारको टेलिभिजन सार्वजनिक गरेको छ ।द वाल नाम दिइएको यो टेलिभिजन १४६ इञ्चको छ । यसको आकारमात्र ठूलो नभइ यसको डिस्प्ले पनि नयाँ प्रविधिको नै छ । यस प्रविधिको नाम माइक्रो एलईडी हो । सामसङका अनुसार माइक्रोएलईडी प्रविधि अब भविष्यमा आउने टेलिभिजन स्क्रीनको ‘मुटु’ नै सावित हुनेछ ।
यसअघि सन् २०१३ मा सामसङले नै ११० इञ्चको टेलिभिजन सार्वजनिक गरेको थियो जुन अहिलेसम्मकौ सबैभन्दा ठूलो आकारको टेलिभिजन थियो ।
सामसङले यत्तिकै यो टेलिभिजनलाई द वाल नाम दिएको होइन । यसको पछाडि विशेष कारण रहेको छ ।

१४६ इञ्च भनेको हालसम्म विश्वमा उपलब्ध भएका मध्ये अधिकांशका घरमा हुने ठूला टेलिभिजन सेटको दोब्बर नै ठूलो हो भन्दा फरक नपर्ला । धेरैका घरमा बढीमा ५५(६५ इञ्चसम्मका टेलिभिजन हुन सक्छन् । होइन भने २१ देखि २३ २९ ३२ ३९ ४२ ४३ ४८ हुँदै ४९ इञ्चसम्मका टेलिभिजनहरु मानिसहरुका घरमा पाइन्छन् ।बजारमा भने अन्य कम्पनीकासहित गरेर ८५ इञ्चसम्मका टेलिभिजन उपलब्ध हुने गरेका छन् ।
कोरियाली कम्पनीले निकालेको यो टेलिभिजनमा प्रयोग भएको डिस्प्ले नयाँ प्रविधिको भएको आवश्यकताअनुसार आकार घटबढ गर्न सकिने भएकाले कम्पनीले यसलाई मोड्युलर माइक्रो एलईडी भन्ने नाम दिएको बताइएको छ ।