दुई करोड पटक हेरियो पिरिम नलाउने

प्रकाशित मिति:

सबल पोस्ट / बुटवल
यूट्यूब सँगसँगै टिक टक नामकाे सामाजिक सञ्जालमा निकै चर्चित गीत ‘पिरिम नलाउने’को भिडियो यूट्यूबमा करिब २ करोड दर्शकले हेरेका छन् ।गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ । गीतमा स्वर भने गायक आशिष सचिन र मेलिना राईले दिएका छन् । गीतको भिडियोमा गायक अशिष सचिन र नायिका वर्षा राउतलाई फिचर गरिएको छ ।

पछिल्लो समय यो गीतले गायक आशिष सचिनलाई निकै व्यस्त बनाएको छ । उनलाई यतिबेला देश विदेशका कार्यक्रमहरुमा भ्याइनभ्याइ छ । गायक अशिष भन्छन् ‘मैले दर्शकबाट यो गीतमा यति धेरै माया पाउँछु भन्ने सोचेकै थिइनँ ।’पिरिम नलाउने गीतको भिडियोलाई निर्देशक सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । गीतका गायक तथा निर्माता आशिषले पिरिम नलाउने २ को पनि घोषणा गरिसकेका छन् ।

यतिबेला भने उनी अर्को नयाँ गीतको काममा जुटेका छन् । अबको केही समयभित्रै आफ्नो नयाँ कोसेलीको साथमा दर्शकमाझ आउने तयारी भइरहेको उनले बताएका छन् ।