संघिय समाजबादि फोरम, नेपालको वडा भेला कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

सैनामैना नरेश चौधरी पौष २७।।संघिय समाजबादि फोरम, नेपालको आज एक कार्यक्रमका विच वडा भेला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम गैडहवा ३ मा सम्पन्न भएको हो । सम्पन्न कार्यक्रममा पुर्व बन मन्त्रि तथा पर्टिका केद्रिय सदस्य मोम्हम्बद वकिल मुसलमानले पर्टिको संरचना सुधार गर्दै समाजमा भएका राम्रो पक्षलाई निरान्तरता दिनुपर्ने र गलत कार्यलाई हाटाउदै पार्टिलाई सुदृढ बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।पुर्व संसाद ओम प्रकाश यादवले पार्टिले गर्ने हरेक कार्यक्रम तथा कृयाक्लापले समाजमा धेरै सन्देश दिने हुंदा सहभागिता आवाश्क भएको र राज्यको हरेक निकायमा सम्पुर्ण जाति धर्माको सहभागीता आवश्यक भएकोले आफ्नो अधिकारका लागि जुट्नु पर्ने समय आएको बताउनु भयो ।

गैडहवा गाउँपालिकाका अध्यक्ष बछुलाल केवाटले समाज निर्माणमा सबै लाग्नु पर्ने र ब्यक्ति, परिवार, सामज र गाँउ मिले राष्ट्र बन्ने भन्दै आफ्नो अधिकार माग्नु पार्ने ठाउँमा माग्नु पर्ने र कार्तब्य निभाउने ठाउमा कार्तब्य पनि निभउनु पर्ने बताउनु भयो ।कार्यक्रममा गैडहवा गाउपालिकाकी उपाध्यक्ष सुभावती यादब, संघिय समाजबादि फोरम नेपालकी प्रदेश महिला अध्यक्ष निलम यादव, प्रदेश सदस्य रुपा मल्ल,रिता यादब,तुल्सिराम यादब लगाएतले पार्टि सुदृढमा बनाउन लाग्नु पर्नेमा जोड दिनु भयो । साथै कार्यक्रममा १७ सदस्यि नयाँ कार्य समिति पनि चयन गरिएको छ ।