सनराइज बैंकको प्रादेशिक कार्यालय बुटवलमा

प्रकाशित मिति:

बुटवल । पौष २७ । सनराइज बैंकले बुटवलमा प्रदेश न. ५ को प्रादेशिक कार्यलयको उद्घाटन गरेको छ । बुटवलसगै मुलुकका ७ ओटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । बैंकले एक समारोहका बिच भिडियो कन्फ्रेन्स मार्फत प्रदेश नं १ को ईटहरी , प्रदेश नं २ को लाहान , प्रदेश नं ३ को काठमाडौं, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को बुटवल, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को अत्तरियामा आफ्ना प्रादेशिक कार्यालयहरु स्थापना गरेको हो ।

प्रादेशिक कार्यालयहरुको सामुहिक समुद्घाटन बैंकका संचालक समितिका अध्यक्ष श्री मोतीलाल दुगड, संचालक ई.बच्छराज तातेड, संचालक श्री ज्योति कुमार बेगानी, संचालक श्रीओमकृष्ण जोशी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्यले संयुक्त रुपमा गर्नुभएको थियो । आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्राय एवम् प्रादेशिक कार्यालयहरुमार्फत आफ्नो मातहतमा रहेका शाखाहरुको अनुगमन, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा, संस्थागत सुशासन, साथै व्यापार विस्तारका कार्यहरु छिटो, छरितो र चुस्त रुपमा सम्पादन गर्नेमा बैंकले बिश्वास ब्यक्त गरेको छ ।

मुलुक संघिय संरचनामा गइसकेपछि राष्ट्र बैंकले निती अनुसार आमजनतामा पुग्ने हेतुले बैंक प्रादेशिक मोडेलमा गएको प्रदेश नं. ५ का प्रमुख राजेन्द्र घिमिरेले बताउनुभयो । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १०२ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११४ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकले करिव ७५ लाख निक्षेप संकलन गरी करिव ६७ अरव कर्जा गरेको छ ।