आर्थिक पत्रकारीता पुरस्कारबाट पत्रकार खत्री सम्मानीत

प्रकाशित मिति:

सबलपोस्ट / गुल्मी  रेडियो रेसुङ्गा तम्घास गुल्मीका स्टेशन म्यानेजर अनिता खत्री उत्कृष्ट आर्थिक पत्रकारीता पुरस्कार २०७५ बाट सम्मानीत हुनुभएको छ । गुल्मी उद्योग वाणिज्य संघको २७ औँ साधारण सभा तथा अधिवेशनको अवशरमा आज स्टेशन म्यानेजर खत्रीलाई गुल्मी उद्योग वाणिज्य संघले स्थापना गरेको उत्कृष्ट आर्थिक पत्रकारीता पुरस्कारबाट सम्मान् गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघकाका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सम्मान्पत्र प्रदान गर्नुभएको थियो । खत्रीले सञ्चार क्षेत्रमा पुर्यानुभएको योगदानको प्रसंशा गदै सँगै सम्मान् गरेको हो । स्थानीय स्तरका जनजीविकाका सवालमा कलम चलाउँदै समाज सुशुजित गर्न महत्वपुर्ण भुमिका खेल्दै रेडियोमार्फत विभिन्न समाचारमूलक कार्यक्रमहरु सञ्चालन गदै आउनुभएको छ ।

स्थानीय मिडियामा सहज रुपमा अडिन आर्थिक लगायतका विभिन्न चुनौतिहरुसँग सामाना गर्नुपरेको बताउँदै संघले गरेको सम्मान्ले आफुमा एउटा छुट्टै उर्जा प्राप्त भएको खत्रीले बताउनुभएको छ । झन महिला पत्रकारहरुलाई यसै पनि काम गर्न समस्या हुँने हुदाँ पनि विभिन्न चुनौतीहरुसँग भिड्नु परेको बताउँदै संघबाट सम्मानीत हुन पाउँदा थप नयाँ सोँच प्राप्त भएको उहाँको भनाई छ । बि.स २०६४ सालबाट रेडियो पत्रकारिता शुरु गर्नुभएका खत्री अहिले गुल्मी जिल्लाकै पहिलो रेडियो स्टेशन रेडियो रेसुङ्गाको स्टेशन म्यानेजरको रुपमा रहनुभएको छ ।