‘शरीरमाद्यं खलु धर्मसाधनम्’ भनेको के हो ? हेर्नुहोस् आजको नीति वचन

२८ पुष २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
170 Shares


शरीरमाद्यं खलु धर्मसाधनम् ।। –उपनिषदसर्वप्रथम शरीरको रक्षा गर्नू, सो पश्चात् धर्मको साधना गर्नू ।

धर्म आर्जन गर्ने माध्यम भनेको शरीर हो । शरीर रहेन भने धर्म आर्जन असम्भव छ । धर्महीन जीवनको मुक्ति पनि असम्भव रहेकाले सर्वप्रथम शरीरको रक्ष गर्नुपर्दछ भनिएको हो । पहिलो कर्तव्य भनेको शरीरको रक्षा हो । शरीर स्वस्थ रहन सकेन भने कुनै कार्य पनि गर्न गाह्रो हुन्छ । शरीरलाई सबल बनाएपछि धर्मको साधना गर्नु भनिएको छ । शरीर धर्मार्जनका लागि बनाइएको हो । त्यसैले सत्कार्यमा प्रवृत्त हुने शरीरलाई रक्षा गरेर धर्मको साधना नै उत्तम मानव जीवन यापन हो भन्ने उपनिषद्को वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–

फेसबुकबाट तपाईको प्रतिक्रिया