कपिलवस्तुमा समाजबादी युवा फोरममा मोहम्मद हइ को नेतृत्व ।

प्रकाशित मिति:

इमरान खाँन/ कपिलवस्तु  । संघीय र प्रदेशको निर्वाचन देखि अस्तव्यस्त भएको ससफो को भातृ संगठनहरु अहिले चुस्तदुरुस्त रूपमा पुनः निर्माण भैरहेको छ । आज महाराजगन्ज मा गरिएको जिल्ला स्तरीय युवा भेला सर्बसम्मतीबाट मोहम्मद हइ खानको अध्यक्षतामा ४१ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा उदयभान यादव र राम सुरेश यादव , सचिव सुनिल हरिजन, कोषाध्यक्ष महेन्द्र केवट लगायत ४१ सदस्य लाई छनोट गरिएको छ ।

भेलामा उपस्थित भएका युवाहरूलाई सम्बोधित गर्दै संघीयता र समाजबादको मुल्य मान्यता आत्मसात गर्दै अघि बढन अग्रह गरेका थिए भने प्रदेश प्रवक्ता तथा युवा नेता अकरम पठानले युवाहरूलाई सम्बोधन गर्ने क्रममा युवाहरु परिवर्तनका संवाहक तथा देशकै मेरुदण्ड भएकोले बिकास र परिवर्तन का लागि आवश्यक परेको बेला आक्रमक रुपमा समेत प्रस्तुत हुन अग्रह गरेका थिए । संगठन बिभाग प्रमुख रामु यादवले चाडै भन्दा चाडै टोल ,वार्ड र नगर स्तर हुदै जिल्ला सम्ममा पुर्ण समिति बनाउन जिकिर गर्नु भयो । उपस्थित भेलालाई प्रदेश सांसद तथा संसदीय दलका नेता सहसराम यादव , प्रदेश अध्यक्ष अशोक यादव राजनीतिक समिति सदस्य मंगल प्रसाद गुप्ता , रामबरण प्रसाद यादव , शिवपुजन यादव ,सन्दिप पान्डेय ले सम्बोधन गरेका थिए ।

कार्यक्रममा प्रदेश युवा अध्यक्ष असलम खान , प्रदेश नं 5 का प्रदेश प्रवक्ता एवम युवा नेता अकरम पठान प्रदेश विद्यार्थी फोरम अध्यक्ष ओमप्रकाश यादव , कृष्ण कुमार चौधरी गीता श्रीवास्तव , रामनेवास यादव , गोपाल प्यारे चन्देल , अश्विनी चाई लगायत का नेताहरुको उपस्थिति रहेको थियो ।