कलियुग जहाँ मान्छेले मान्छे खान्छन् २० वर्षमा मर्छन् मान्छे

प्रकाशित मिति:

काठमाडौं । हिन्दू धर्ममा समयलाई युगमा गन्ने गरिएको छ । यसैको आधारमा भन्दा पृथ्वीको एक जीवनचक्रमा ४ युगको विश्वास गरिएको छ । सत्य युग त्रेता, द्वापर तथा कलियुग। यो युगको अर्थ यो हो कि पृथ्वी कुन् समयमा चलिरहेको छ र पृथ्वीमा कस्तो गतिविधिको संकेत देखिँदैछ रु वर्तमानमा पृथ्वीमा कलियुग चलिरहेको कुरा सबैलाई सर्वविदितै छ । जुन ४ लाख ३२ हवार वर्षसम्म चल्ने बताईएको छ । शास्त्रका अनुसार यो सबैभन्दा छोटो युग हो र यसमा धर्म र ज्ञानको कुरा सबैभन्दा कम मानिसले गर्ने गर्दछन् । यो कलिको जत्ति समय उत्तरार्ध तर्फ जाँदैगर्छ त्यति नै मानिसमा धर्म र ज्ञानमा क्षय हुँदै जाने तथ्य विभिन्न शास्त्रहरुमा उल्लेख गरिएको छ ।

यो युग विचार शून्यताको युग हो । मानिसहरु भेँडीमा चलेर आफ्नो जीन्दगीलाई बरबादीको बाटोमा लैजान उद्यत हुन्छन् । मानिसमा ज्ञान भक्ति र बैराग्यको लोप हुँदै जान्छ भने मानिसहरु विवशता र प्रपञ्चको दलदलमा फसेर बरबादीकोबाटोमा जान बाध्य हुन्छन् । कलियुगको विषयमा लिएर धेरै मानिसमा धेरै किसिमका कुराहरु खेल्ने गरेको छ । कल्की अवतारलाई विश्लेषण गर्नको लागि एक कल्की उपपुराणको समेत रचना भएको छ। धेरै यस युगमा के के हुन्छ रु यसबारे बेजानकार पनि हुनसक्छन् । त्यसैले हामीले केही जानकारी सो बारे दिने प्रयास गरेका छौं ।

मनुष्यको आयु घट्दै जान्छ
यस्तो मानिएको छ कि कलियुगको अन्तसम्ममा २० साल औसत उमेर पुग्नेछ । कलियुगको अन्तसम्ममा १६ सालमा नै मानिस बुढो हुन सुरु हुन्छ । २० साल भन्दा माथि मानिसहरुको उमेर निकै बढी मान्ने सकिने अवस्था छ । हरेक शताब्दी अनुसार मानिसहरु आफ्नो स्वास्थ्य तथा उमेरमा विस्तारै कम हुँदै जाँदा मानिसहरु बच्चामा नै परिपक्व बन्ने बताईएको छ । हिन्दू धर्मको अनेक ग्रन्थमा यसको बर्णन गरिएको छ ।

मानिसहरु मांसाहार र विस्तारै नरभक्षी बन्न थाल्दछन्
कलियुगको अन्तिममा पुग्दा मानिसहरु धर्तिमा यतिसम्म मांसाहार बन्छन् कि विस्तारै उनीहरु मान्छेले मान्छे समेत खाने स्थितीमा पुग्दछन् । अन्तिमसम्ममा सबै मानिसहरु मांसाहार बन्नेछन् । उनीहरु माछा मासु खाएर मात्रै आफ्नो जीवन निर्वाह गर्न सुरु गर्दछन् । गाईँभैंसीले दुध दिन बन्द हुन्छ । जसले मानिसहरु दूधखान नपाएर उनीहरु विस्तारै मांसाहारमा आश्रित हुन्छन् । मानिसहरुले खाने फलफूल समेत खान पाउँदैनन् ।

प्राकृतिक आपत् र महाप्रलयको ज्यादती
विस्तारै विस्तारै कलियुगको उत्तरार्ध सुरु हुँदै जाँदा महाप्रलय समेत अनेकानेक रुपमा पृथ्वीमा समस्याको रुपमा आउँछ । यसको वर्णन गीता तथा महाभारतमा समेत लेखिएको छ । कलिको अन्ततिर सुख्खा थपिँदै जान्छ भने पानी पर्दा मुसलधारे पानी पर्ने हुन्छ । पानी परेपछि पुरै धर्ती पानीमय हुन्छ भने खडेरी लागेपछि महासंकट सुरु हुनेहुन्छ । कलियुगको अन्ततिर यति ठूलो महा तुफान आउँछ कि जनावरहरुको नाम निशाना रहँदैन । एकैपटक १२ वटा सूर्यले जस्तो गर्मी बढेर जान्छ ।

पानीबाट होईन गर्मीबाट हुन्छ विनाश
धेरै हिन्दूग्रन्थहरुमा लेखिएको छ कि पृथ्वीको विनाश पानीबाट नभएर गर्मीबाट हुने गरेको छ । धर्तिको तापमान यतिधेरै बढेर जान्छ कि समुद्र तथा नदीहरु समेत सुकेर जान्छ। कलियुगमा यस्तो समय आउँछ स्त्री र पुरुषहरु दुबै अधर्मी बनेर जान्छन् । स्त्रीहरु पतिव्रता धर्मको पालना गर्न छाड्छन् भने पुरुष समेत यस्तै हुन्छन् ।

कल्की भगवान
भगवान कल्की केवल तीन दिनमा पृथ्वीबाट समस्त अधर्मीहरु नाश गर्नेछन् । फेरि अन्तमा कलियुगमा अन्तिम समयमा एकदमै मुसलधारे पानी लगातार परिरहन्छ । जसले चारैतर्फ पानी नै पानी हुनेछ । समस्त पृथ्वीमाथि पानी नै पानी हुनेछ । र अन्तमा प्राणीहरुको अन्त हुन्छ । यसपछि एक साथ बारह सूर्य उदय भएजस्तो कल्कीको तेजले पृथ्वी सुख्खा भएर सबै सृष्टी विनास भएका छन् ।