ॐ हेर्नुहोस् साप्ताहिक राशिफल /२०७५ पौष २९–माघ ५ गतेसम्म !

प्रकाशित मिति:

मेष राशिः मेष राशिका लागि साताको आरम्भ संघर्षशील रहनेछ । शत्रु पक्ष सबल रहनुका साथै कार्यमा व्यवधान पनि आउनसक्ने देखिन्छ । मंगलबारबाट भने कार्यमा सफलता प्राप्त हुँदै जानेछ । आर्थिक क्षेत्र सबल रहनेछ । कार्य प्राप्तिका योग पनि देखिन्छन् । मित्र सहयोग मिल्नेछ । यात्राका अवसर प्राप्त हुनेछ । अध्ययन अध्यापनको क्षेत्र मध्यम रहनेछ । पारिवारिक सुख मिल्नुका साथै प्रेम जीवन पनि सुखद् रहने देखिन्छ ।

वृष राशिः वृष राशिका लागि साता सबल रहनेछ । कार्य गर्ने नयाँ अवसर प्राप्त हुनेछन् । व्यवसायमा वृद्धि हुनेछ । आर्थिक उन्नतिका साथै भौतिक वस्तु पनि लाभदायी रहनेछन् । साहित्य क्षेत्रमा अभिरुचि रहनेछ । अध्ययनको क्षेत्र सफल रहने देखिन्छ । प्रेममा प्रगति हुने देखिन्छ । धार्मिक कार्यमा रुचि जाग्नेछ । मंगल र बुधबार आर्थिक अस्थिरता रहनुका साथै कार्यमा बाधा व्यवधान पनि आउन सक्ने देखिन्छ ।

मिथुन राशिः मिथुन राशिका लागि यो साता सफल रहनेछ । कार्य प्राप्तिका योग देखिन्छन् । आर्थिक वृद्धिका साथै अध्ययन अध्यापनका क्षेत्रमा पनि प्रगति हुनेछ । प्रेम जीवन सुखद् रहनुका साथै सुखद् यात्रका योग पनि देखिन्छन् । शत्रु पराजित हुनेछन् । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै मित्रलाभ हुनेछ । बिहीबारबाट भने स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

कर्कट राशिः कर्कट राशिका लागि यो सता अर्थदायी रहनेछ । शत्रु पराजित हुनेछन् । परिवारको साथ सहयोग मिल्नुका साथै कार्यमा पनि उन्नति हुने देखिन्छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । अध्ययन अध्यापनका क्षेत्रमा सफलता हात पर्ने देखिन्छ । मित्रजनको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् । भौतिक वस्तु लाभदायी रहनेछन् । दुर्गा भगवतीको उपासनासँगै राता वस्तुको प्रयोग यो साता शुभ रहने रहने देखिन्छ ।

सिंह राशिः सिंह राशिका लागि साता मिश्रित फलदायी रहनेछ । सोमबारसम्म कार्यमा अस्थिरता रहनुका साथै खर्चमा समेत वृद्धि हुने देखिन्छ । मंगलबारबाट भने कार्यमा सफलता मिल्ने देखिन्छ । मित्र सुख मिल्नेछ । पारिवारको साथ सहयोगले साथता सुखद् बन्नेछ । मनोरञ्जनमा विशेष अभिरुचि रहने देखिन्छ । विद्याको क्षेत्र सफल रहनेछ । सामाजिक कार्यमा मन जानेछ । गणेशजीको उपासना यो साता शुभ रहने देखिन्छ ।

कन्या राशिः कन्या राशिका लागि यो साता लाभदायी रहनेछ । सोचेका काम पूरा हुनेछन् । धनको क्षेत्र सबल रहनेछ । आर्थिक उन्न्तिका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । पराक्रम बढ्नुका साथै मित्रजनको साथ सहयोग पनि प्राप्त हुने देखिन्छ । कर्म क्षेत्र बलवान् छ । आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । बुधबार र बिहीबार स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ ।

तुला राशिः तुला राशिका लागि साता सफल रहनेछ । प्रेम जीवन सुखद् रहनेछ । व्यवसायमा वृद्धिका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । भौतिक वस्तु लाभदायी रहनेछन् । अध्ययन अध्यापनको क्षेत्र सफल रहनेछ । बोलीको विशेष प्रभाव रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै कार्य लाभका योग पनि देखिन्छन् । बिहीबारबाट भने कार्यमा अस्थिरताका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ ।

वृश्चिक राशिः वृश्चिक राशिका लागि साता अर्थदायी रहनेछ । आमदानीका स्रोत बढ्नेछन् । व्यवसायमा वृद्धि हुनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कार्य गर्ने उत्साह मनमा छाउनेछ । मित्र सहयोग मिल्नेछ । कला मनोरञ्जनका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । स्वास्थ्यको क्षेत्रमा भने सजग रहनु नै उत्तम हुने देखिन्छ । आमदानीका स्रोत बढ्नेछन् । शत्रु पक्ष निर्वल देखिन्छन् । प्रेम जीवन सुखद् रहनेछ । शिवजीको उपासना यो साता शुभ रहने देखिन्छ ।

धनु राशिः धनु राशिका लागि यो साता मध्यम फलदायी रहनेछ । सोमबारसम्म कार्यम अवरोध रहनुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ । मंगलबारबाट भने कार्यम सुधार हुँदै जानेछ । स्वास्थ्यमा सजग रहनु नै उत्तम हुनेछ । अध्ययनमा रुचि जाग्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आर्थिक लाभका योग पनि देखिन्छन् । धार्मिक एवं सामाजिक कार्यमा लगाव रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुने देखिन्छ । शिवजीको उपासना यो साता शुभ रहनेछ ।

मकर राशिः मकर र राशिका लागि साता सफल रहनेछ । कार्यसिद्धिका योग देखिन्छन् । आय आर्जनका क्षेत्र बढ्दै जानेछन् । अध्ययन अध्यापनमा रुचि जाग्नेछ । व्यापारमा वृद्धि हुनुका साथै नयाँ काम मिल्ने योग पनि देखिन्छ । मनमा कार्यगर्ने उत्साह छाउनेछ । सुखद् यात्राका योग पनि देखिन्छन् । प्रेममा सफलता मिल्नेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । मंगल र बुधबार आर्थिक अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।

कुम्भ राशिः कुम्भ राशिका लागि साता लाभदायी रहनेछ । अध्यापनका क्षेत्रमा सफलता हात पर्ने देखिन्छ । पराक्रम बढ्नेछ । खेल क्षेत्रमा विशेष रुचि रहनेछ । मित्रजनको साथ सहयोगले कार्यमा उन्नति हुने देखिन्छ । प्रेम जीवन सबल र सफल रहनेछ । आर्थिक उन्नतिका साथै भौतिक वस्तुबाट विशेष लाभ रहनेछ । अध्ययनको क्षेत्र मध्यम फलदायी रहने देखिन्छ । पारिवारिक सुख मिल्नेछ । सुखद् यात्राका योग पनि देखिन्छन् । बिहीबारबाट शत्रु भयका साथै कार्यमा अवरोध रहने देखिन्छ ।

मीन राशिः मीन राशिका लागि साता सुखद् र सफल रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । मनमा उत्साह छाउँनेछ । मित्र सहयोग मिल्नुका साथै नयाँ कार्यप्राप्तिका अबसर पनि मिल्नेछ । धनको क्षेत्र सबल रहनेछ । अध्ययन अध्यापनमा पनि सफलता मिल्नेछ । प्रेम जीवन सफल र सुखद् रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । धातुजन्य पदार्थबाट विशेष लाभदायी रहनेछन् । शत्रु निर्वल रहनेछन् ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५