ईर्ष्या किन गर्नुहुँदैन ? हेर्नुहोस् आजको नीति वचन

प्रकाशित मिति:

न चेर्ष्या स्त्रीषु कर्तव्या रक्ष्या दाराश्च सर्वशः । 
अनायुष्या भवेदीष्र्या तस्मादीष्र्यां विवर्जयेत् ।। –महाभारत

ईर्ष्या ले आयु घटाउने भएकाले यो सर्वथा त्यज्य छ । यसैगरी महिलाप्रति ईर्ष्या भाव होइन रक्षा भाव राख्नु पर्दछ ।

ईर्ष्या पनि मनको एक विकार हो । जसले जीवनमा उन्नति गराउदैन । केवल आफ्नै आयुलाई घटाइरहेको हुन्छ । त्यसैले यो सर्वथा त्यज्य छ भनिएको हो । जो जीवनभर इष्र्या गर्छ उसको केवल आयु मात्र क्षीण हु्न्छ अरु केही पनि हुँदैन । यसैगरी स्त्रीप्रति पनि ईर्ष्या भाव नराख्नु भन्ने उपदेश पाइन्छ । स्त्रीप्रतिको ईर्ष्या पनि विनाशको बाटो भएकाले ईर्ष्या भाव सर्वथा त्याज्य हुन्छ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–