ट्याटु बनाएको रकम अपांगलाइ सहयोग गरिदै   

प्रकाशित मिति:

जीवन परियार, बुटवल

बुटवलमा पहिलो पटक “लुम्बिनी ट्याटु फेस्ट-२०७५” सम्पन्न भएको छ.यही २३ र २४ गते बुटवल सुक्खानगर स्थित अम्रापली कटेजमा आयोजना गरिएको उक्त कार्यक्रममा बुटवल र भैरहवा गरि ११ वटा ट्याटु गराउने पसलहरुको सहभागिता र प्रायोजन रहेको थियो भने कार्यक्रममा ३५ जनाले शरीरमा ट्याटु बनाएको र २०० भन्दा बढीले सहभागिता जनाएको बुटवल अमरपथ-५, स्थित निक्स ट्याटु संचालक अमित श्रेष्ठले बताउनु भएको छ ।

कार्यक्रम बाट ६५ हजार रुपैया संकलन भएको र उक्त रकम बुटवल देवीनगर स्थित नेपाल अपांग आश्रमलाइ सहयोग गर्ने बताउनु भएको छ.उहाले पुष ३० गते अर्थात् यही सोमबार एक कार्यक्रम को आयोजना गरेर उक्त रकम आश्रमलाइ प्रदान गर्ने बताउनु भएको छ.३४ जना अपांगहरु रहेका र उनीहरुलाई जाडो को लागि चाहिने  जुत्ताचप्पल,सिरक,बिस्तारा,थालहरू,लुगाधुने साबुन,एमेर्जेंसी लाइट इत्यादी सामग्री र केहि नगद रकम पनि प्रदान गर्ने बताउनु भएको छ ।

१२०० भन्दा बढी व्यक्तिको शरीरमा ट्याटु बनाइ सक्नु भएका ३१ बर्षीय अमित श्रेष्ठले आफु बि.स.२०६० सालबाट बुटवलमा सेवा दिदै आइरहेको र संस्था मा संकलित केहि रकम र व्यक्तिगत तर्फबाट पनि दुखि,पिडितहरुलाई सहयोग गर्दै आएको र आगामी दिन मा पनि गर्दै जाने बताउनु भएको छ.भर्खरै  ट्याटु बनाउनु कुनै बिकृति हैन र राम्रा गुणस्तरीय सामानको प्रयोग गर्दा र राम्रा हाइजेनिक,प्रोफेसोनल आर्टिस्ट संग ट्याटु बनाउदा यसले स्वास्थमा कुनै असर नहुने संचालक श्रेष्ठले बताउनु भएको छ.दुइ दिने सो कार्यक्रम बिशाल ट्याटु,निक्स ट्याटु,ट्याटु डेप्थ,कलायात्रा ट्याटु,बिज ट्याटु,नमस्ते इंक,समिर ट्याटु,मोंक ट्याटु,सशांक ट्याटु इन,शंजु ट्याटु एंड पिर्चिंग,स्किन आर्ट ट्याटु स्टुडियो लगायत को प्रयोजनमा सम्पन्न भएको थियो ।