कावासोतीमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिति:

२९ पुस, नवलपरासी । पूर्वीनवलपरासीको कावासोती नगरपालिका–३, पुरानो कावासोतीमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ७९२८ नम्बरको बसले बाटो क्रस गर्न लागेको ना ४९ प २२०७ मोटरसाइकललाई ठक्कर दिंदा त्यसका चालक रौतहट गोमरियाका ३५ वर्षीय डमेन्द्र यादवको मृत्यु भएको हो ।दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको उपचारको क्रममा कालीगण्डकी अस्पताल कावासोतीमा निधन भएको प्रहरीले जनाएको छ ।बस र बस चालकलाई जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वले नियन्त्रणमा लिएको छ ।