चिकित्सक संघले भन्याे: सरकारले गोविन्द केसीलाई चिढ्यायो !

प्रकाशित मिति:

काठमाडौं –नेपाल चिकित्सक संघले सरकारले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता कार्यान्वयन गर्नुको साटो चिढ्याउने काम गरिरहेको आरोप लगाएको छ । संघले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई आम नागरिकको पहुँचमा पुर्याउन डा. केसीले उजागर गरेका विषयलाई कार्यान्वयन गर्नुका साटो चिढ्याउने काम गरिरहेको आरोप लगाएको हो ।

सम्झौताविपरीत विधेयक समितिले पास गरेको भन्दै १६ औं आमरण अनशन बसेको चौथो दिन विज्ञाप्ति जारी गर्दै संघले सरकारको यस्तो गतिविधिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल सरकारको गरिमा र प्रतिष्ठामाथि नै आँच पुग्ने गरेको ठहर गरेको छ । संघले सरकारले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई सम्पूर्ण नागरिकहरूको सहज पहुँचका लागि डा. केसीले उजागर गर्नु भएको कदम उचित भएको समेत जनाएको छ ।

संघले डा. केसीको शारीरिक अवस्था अत्यन्त कमजोर रहेको र जनुसुकै बेला अप्रिय घटना घट्न सक्ने तर्फ सचेत गराउँदै उनको जीवन रक्षाका निम्ति विशेष पहल गर्न र यो आमरण अनशनलाई सदाका लागि अन्त गर्ने सुनिश्चित वातावरण तयार गर्न सरकारसँग माग गरेको छ ।