भारतीय कांग्रेसनिकट महिला संघको महासचिवमा तेस्रोलिंगी अप्सरा नियुक्त

२९ पुष २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
68 Shares


भारत-भारतीय कांग्रेस निकट अखिल भारत महिला कांग्रेसको महासचिवमा तेस्रो लिङ्गी अप्सरा रेड्डी नियुक्त भएकी छन् । उनलाई कांग्रेस अध्यक्ष राहुल गान्धीले महासचिव पदमा नियुक्त गरेका हुन् । महिला कांग्रेसको राष्ट्रिय महासचिव बनेकी अप्सरा पहिलो तेस्रो लिंगी हुन् ।
कांग्रेस प्रवेश गरेपछि उनले भनिन्, ‘म भाजपाको तानाशाहीविरुद्ध अभियान चलाउने छु । साथै महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन र उनीहरुको अधिकार रक्षाको लागि निरन्तर काम गरिरहने छु ।’

अप्सराको जन्म केटाको रुपमा भएको थियो । तर पछि उनले लिंग परिवर्तन गरिन् । उनले अष्ट्रेलिया र लण्डनमा पत्रकारिता पढेकी थिइन् । उनले अन्तर्राष्ट्रिय स्तरका धेरै मिडियाहरुमा पत्रकारको रुपमा काम गरिसकेकी छन् । सन् २०१६ मा भाजपामा सामेल भएको केही दिनमै उनले स्वतन्त्रता कुण्ठित भएको भन्दै पार्टी छाडिन् । त्यसपछि पूर्व मुख्यमन्त्री जय ललिताको पार्टी अन्नाद्रमुकमा सामेल भइन् र पार्टी प्रवक्ता नै बनिन् । जयललिताको निधनपछि अन्नाद्रमुक पार्टी पनि छाडेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंकले नै बेहोर्नुपर्ने
  • नविल बैंकको घररजग्गा कर्जा अफरः ७: ९ प्रतिशत ब्याजदरमै ऋण…
  • माछापुच्छ्रे बैंकले भित्र्यायो विइ च्याट वालेट
  • समपूर्ण युवा क्लबको प्रथम अधिबेशन सम्पन्न, डिम(अशोक) बहादुर पुनको संयोजकत्वमा…
  • सुरक्षालाई मध्यनजर गर्दै ज्यामिरेमा अस्थाई प्रहरी पोष्टको स्थापना
  • पश्चिम नवलपरासीको बर्दघाटकि एक युबतीमा कोरोना पुष्टि
  • सर्वसाधारणले अव आइपीओ न्यूनतम ५० कित्ता पाउने
  • रिलायन्स लाइफ इन्सुरेन्सको ६३ करोडको आइपीओ आउदै
  • ब्रोकरमा राखेको धरौटी रकममा अब लगानीकर्ताले ब्याज पाउने
  • कोरोना महामारी नियन्त्रणका लागि सबै एकजुट होऔंः मन्त्री बराल