फ्रान्स सरकारविरुद्ध नवौं चरणको आन्दोलन

प्रकाशित मिति:

फ्रान्स –फ्रान्स सररकाले इन्धनको मूल्य बढाएपछि थालिएको आन्दोलन अझै रोकिएको छैन्।  इन्धनमा भएको मूल्यविरुद्ध सडकमा उत्रिएका प्रदर्शनकारीहरुले आफ्नो नवौं चरणको आन्दोलन सुरु गरेका छन्।  प्रदर्शनका क्रममा ठाउँ–ठाउँमा उनीहरुको प्रहरीसँग भिड्न्त पनि भएको छ। भीडलाई नियन्त्रणमा लिन प्रहरीले पानीका फोहोरा र अश्रुग्यास प्रयोग गरेको छ। इन्धनमा भएको मूल्यबृद्धिलाई लिएर सुरु प्रदर्शनमा पछिल्लो दिन नयाँ–नयाँ मागहरु थपिने क्रम जारी छ।

प्रदर्शनकारीहरुले कर, स्वच्छ उर्जा, संस्थागत सुधार र नागरिकताका मुद्दाहरुलाई उठाउन थालेका छन्। यस अघिका प्रदर्शनमा आगजनी र तोडफोडका भए पनि पछिल्लो समय त्यस्ता घटनामा कमी आएको छ। स्थितिलाई नियन्त्रणमा लिन ८० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । हालसम्म २२४ प्रदर्शनकारी पक्राउ परेका छन्।