संकटतर्फ नेविसंघ, ४५ केन्द्रीय सदस्यले दिए राजीनामा

प्रकाशित मिति:

काठमाडौं- नेपाल विद्यार्थी संघ (नेविसंघ)का ७ पदाधिकारीले राजीनामा दिएको केहि दिनपछि फेरि ४५ केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । मूल पार्टी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका ७ पदाधिकारीहरुले यसअघि राजीनमा दिएका थिए । त्यस अगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका विद्यार्थीहरुले पौडेललाई भेटेर राजीनामा दिएका हुन् ।

योसँगै नेविसंघको वर्तमान कार्यसमिति संकट तर्फ उन्मुख भएको छ । माघ २ गते पछिल्लो पटक थपिएको म्याद पनि सकिँदै छ । माघ २ गते अगावै नेविसंघको १२ अधिवेशन सम्पन्न गरिसक्नुपर्नेमा तयारी बैठकसम्म बस्न नसकेको हो ।यही मुद्दाका आधारमा राजीनामा दिएको पौडेल पक्षका विद्यार्थी नेताहरुले बताएका छन् ।