डा केसीका सर्मथक नागरिक समाजका अगुवाहरु आजबाट सामूहिक सत्याग्रहमा बस्ने

प्रकाशित मिति:

नागरिक समाजका अगुवाहरु आजबाट सामूहिक सत्याग्रहमा बस्ने भएका छन् । २३ दिनदेखि अनशनरत डा। गोविन्द केसीका मागमा समर्थन जनाउन आम नागरिकको सहभागितामा वसन्तपुर डबलीमा सत्याग्रह हुन लागेको हो ।

सोलिडारिटी फर डा। केसी अलायन्सको आयोजनामा हुन लागेको सत्याग्रह बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जारी रहने बताइएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दै २२ दिनदेखि अनशनरत डा। केसीको माग सम्बोधन नभएपछि प्रबुद्ध समूह सक्रिय देखिन थालेको छ । यो समूहले शनिबार राजधानीमा प्रदर्शनसमेत गरेको थियो । केसीका जायज मागमा सरकारले उदासीनता देखाएको भन्दै उनीहरूले त्यसको सम्बोधन नभए आगो बल्ने चेतावनी दिएका थिए ।