११ औँ रोट्रयाक्ट डिष्ट्रिक कन्फरेन्सको तयारी पुरा

प्रकाशित मिति:

विष्णु खत्री/सैनामैना । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटान अन्तर्गत रोट्रयाक्ट नेपालको ११ औँ डिष्ट्रिक कन्फरेन्सको तयारी पुरा भएको छ । युवाहरुको लागि स्थान सृजना ( क्रिएटिंग स्पेसेस फर युथ ) भन्ने नारा सहित हुन लागेको कन्फरेन्सको तयारी पुरा भएको शनिबार आयोजकले संयुक्त पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

सम्मेलन यहि माघ ४ र ५ गते रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राम स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा हुनेछ । रुपन्देहीमा रहेका रोट्रयाक्ट क्लबहरु रोट्रयाक्ट क्लव अफ बुटवल, रोट्रयाक्ट क्लव अफ तिनाउ सिटी,रोट्रयाक्ट क्लव अफ भैरहवा यसैगरी कपिलवस्तुबाट रोट्रयाक्ट क्लव अफ कपिलवस्तु मिडटाउन र काठमाण्डौबाट रोट्रयाक्ट क्लव अफ थेम्स ईन्टरनेशनल कलेजको संयुक्त व्यवस्थापनमा सम्मेलन हुन लागेको हो ।

सामाजिक उत्तरदायित्व बहन गर्दै आएका क्लवहरुले सहभागि व्यक्तिहरुको व्यक्तित्व विकास गर्ने उद्धेश्यले सम्मेलनको आयोजना गरिएको रोट्रयाक्ट क्लव अफ बुटवलका अध्यक्ष निरज पाण्डेले बताउनुभयो । सम्मेलनमा देशभरका १ सय २६ रोट्रयाक्ट क्लवबाट झण्डै १ हजार बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको रोेट्रयाक्ट क्लव अफ तिनाउ सिटीका अध्यक्ष प्रकास पराजुलीले जानकारी दिनुभयो ।

डिष्ट्रिक कमिटीका कम्युनिटी सर्भिस डाईरेक्टर बिक्रम क्षेत्रीका अनुसार सम्मेलनमा युवाहरु लक्षित विभिन्न तालिमहरु संचालन हुनेछन् । दुई दिन सम्म संचालन हुने सम्मेलनमा डिष्ट्रिक गभर्नर चिन्तामणि भटट्राई, डिष्ट्रिक गभर्नर नोमिनी राजीव पोख्रेल, सांसद गगन थापा, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव प्रसाद ढुंगेल, युवा राजनिती नेता रहवर अन्सारी, चर्चित संचारकर्मी रुपेश श्रेष्ठ, बालअधिकार कर्मी बिपिना शर्मा लगायत सामाजिक अभियान्ताहरु सहभागि हुने जनाइएको छ ।

रोट्रयाक्ट डिस्ट्रिक नेपाल ३२९२ को ११ औ डिष्ट्रिक सम्मेलनले आगामी बर्षका लागि नयाँ कार्य समिती चयन गर्नेछ । पत्रकार सम्मेलन रोट्रयाक्ट क्लव बुटवलका अध्यक्ष निरज पाण्डेको अध्यक्षता,रोट्याक्क क्लव अफ भैरहवाका संस्थापक अध्यक्ष प्रकाश शर्माको स्वागत तथा रोट्रयाक्ट क्लव अफ तिनाउ सिटीका अध्यक्ष प्रकाश पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।

नेपालका विभिन्न स्थानमा हुदै आएको सम्मेलन रुपन्देहीमा तेस्रो पटक हुन लागेको हो । सम्मेलनलाई ब्(उचष्यचष् एजुकेशन फाउण्डेसन प्रा.लिले मुख्य प्रायोजन गरेको भने अजोद ईन्सुरेन्स सह–प्रायोजनको रुपमा रहेको छ ।